© 2026
काठमाडौँ । एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामङ्गलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।
रोयल बुटिकमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोर्ट्स, साइक्लिङ, गल्फ, एथलेटिक्स र आर्चरीका खेलाडी तथा प्रशिक्षकलाई राखिएको छ ।
त्यसैगरी, पशुपति बुटिकमा करातेको कुमुते टोली, तेक्वान्दो, सफ्ट टेनिस, टेनिस, पौडी, स्क्वास, ब्याडमिन्टन र टेबलटेनिस टोलीलाई व्यवस्थापन गरिएको छ ।
आसन्न २०औँ एसियाली खेलकुदको बन्द प्रशिक्षण यही साउन १८ गतेदेखि सुरु भएको थियो ।
जम्मा १५ खेलमध्ये उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी, टेबलटेनिस, स्केटबोर्ड, कुस्ती, क्यानोइङ तथा पुरुष महिला कबड्डीका सबै खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन् ।
एसियाली खेलकुद जापानको आइची–नागोयामा यही असोज ३ गतेदेखि सुरु हुँदैछ । नेपालबाट विभिन्न २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले जानकारी दिइन् ।