Butwal Today

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

लमही । देउखुरीको गढवा गाउँपालिका–३ गोबर्डिहामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा–३ गोबर्डिहा निवासी ४७ वर्षीय राधेश्याम चौधरी रहेका छन् । स्थानीयका अनुसार तीव्र गतिमा रहेको रा २ प ७०५४ नम्बरको मोटरसाइकलले आज बिहान साढे ५ बजेतिर पैदल हिँडिरहेका चौधरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि लगिएको थियो । तर उपचार गर्दै गर्दा चौधरीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख (प्रहरी निरीक्षक)  साहिल बुढाथोकीका अनुसार अहिले मोटरसाइकल चालक रामकृष्ण लोधलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट आजै म्याद थप गरि घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?