Butwal Today

‘देश र काँग्रेस जोड्न’ साउन २० गते राष्ट्रिय भेला

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबिच विवाद भइरहेका बेला दुवै पक्षलाई एकताबद्ध गर्न  ‘देश र काँग्रेस जोड्ने अभियान’ ले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।

अभियानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काँग्रेसलाई एकताबद्ध बनाउन चाहने नेता तथा कार्यकर्ताको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य तथा काँग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनबाट अभियानका संयोजक घोषणा भएका डा. शशाङ्क कोइरालाले पार्टीलाई एक बनाउन अग्रसर हुनुपर्ने बताएका छन् ।

पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने भएकाले पार्टीलाई एक बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले साउन २० गते राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी एकताको आवश्यकता महसुस गर्दै  ‘देश र काँग्रेस जोड्ने अभियान’ आजैदेखि सुरु गरिएको हो । भेलामा सहभागी हुन हालसम्म एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएको पनि उनले जानकारी दिएका छन् ।

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले काँग्रेसलाई एकताबद्ध बनाएर देश र काँग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?