Butwal Today

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्ला घटना र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत उपस्थित छन् ।

प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?