काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टी घरमा आज बैठक बसिरहेको छ । बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।