© 2026
बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक गरेको छ । बुटवलको कालिकानगरस्थित बालाजी अटोमोबाइल्स प्रालिमार्फत उक्त गाडी सार्वजनिक गरिएको हो ।
सो कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, जगदम्बा अटोमोबाइल्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्री तथा बालाजी अटोमोबाइल्सका विशाल जैसवाललगायतको उपस्थिति रहेको थियो ।
इच्छुक ग्राहकले अब बुटवलस्थित प्रोटोनको आधिकारिक प्रदर्शन कक्ष (सोरुम) मा पुगेर गाडीको प्रत्यक्ष अवलोकन, परीक्षणात्मक सवारी (टेस्ट ड्राइभ) तथा यसको आधुनिक प्रविधि र सुविधाको अनुभव लिन सक्नेछन् । साथै, सीमित अवधिसम्म लागू हुने विशेष प्रारम्भिक मूल्यमा बुकिङ (अग्रिम नाम दर्ता) समेत खुला रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इ.मास ५ ले हालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ उपाधि प्राप्त गरेको छ। गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ७० लिटरको फ्रङ्क र ३७५ लिटरको रियर लगेज कम्पार्टमेन्ट लगायतका सुविधा छन्।
प्रोटोन ई.मास ५ मलेशियाली कार निर्माता कम्पनी प्रोटोनको पहिलो सस्तो इलेक्ट्रिक कार हो । यो बी सेगमेन्टको कम्प्याक्ट ह्याचब्याक कार हो जुन चिनियाँ कम्पनी Geely को Xingyuan मोडलमा आधारित छ । यो कार सन् २०२५ को अन्त्यतिर मलेसियामा सार्वजनिक भएको थियो ।
यो कार दुई मुख्य भेरियन्टमा उत्पादन गरिएको छ । प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले २२५ किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ भने प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवर ब्याट्रीले ३२५ किलोमिटरसम्म रेन्ज (डब्लूएलटीपी) प्रदान गर्छ ।
यो कार राम्रो ह्यान्डलिङ र ड्राइभिङ अनुभवका लागि Rear Wheel Drive (RWD) प्रणालीमा आधारित छ । यसमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् । यसमा ३७५ लिटरको बुट स्पेस छ, जसलाई फोल्ड गरेर १३२० लिटरसम्म बनाउन सकिन्छ । त्यस्तै, अगाडि ७० लिटरको फ्रंक स्टोरेज पनि उपलब्ध छ ।
प्रिमियम मोडलमा डीसी फास्ट चार्जिङले ३० देखि ८० प्रतिशत चार्ज मात्र २०-२१ मिनेटमा पूरा गर्नसक्ने कम्पनीले जनाएको छ ।