Butwal Today

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  धितो पत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७०  अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १८ अङ्कले  घटेर १५९ दशमलव ७० मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३  कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये चार उपसमूह बढ्यो भने ९ उपसमूह घटेको छ । आज ९८ कम्पनीको सेयर बढ्यो भने १६६ कम्पनीको सेयर घट्यो । त्यसै गरी  १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्युटि फण्ड, मेगा म्युचुअल फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?