© 2026
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो । यसअनुसार १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । य
ससँगै चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको छ । १० ग्राम चाँदीको मूल्य तीन हजार ६९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।