Butwal Today

काभा पुरुष भलिबल प्रतियोगिता: नेपाल उज्वेकिस्तानसँग पराजित

११ श्रावण २०८३, सोमबार
अ+
अ-
काठमाडौँ ।  काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।
यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि  नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?