Butwal Today

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन

९ श्रावण २०८३, शनिबार
अ+
अ-
दाङ ।  ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ ।
एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
जिल्लामा बितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान  गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । ती दुर्घटनामा ६६१ सवारी साधन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?