Butwal Today

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्य कोषमा

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्य कोषमा दाखिला गरेका छन् ।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले राससलाई जानकारी दिए ।

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगको रु ८८ करोड बक्यौता थियो ।

१० उद्योगको लाइन काटियो
सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको बिजुलीको लाइन काटिएको छ । कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?