© 2026
अत्यन्तै खेदका साथ आज यो कुरा स्वीकार गर्नुपरेको छ कि यहाँका कम्युनिष्ट विरोधीहरूले पटक पटक लगाउँदै आएका आरोप नेपालका धेरै कम्युनिष्टहरू जो ठुला कम्युनिष्ट धारसित सम्बन्धित छन्, उनीहरू कुनै न कुनै रूपमा भारतीय गुप्तचर संस्था र अमेरिकी गुप्तचर संस्था ‘र’ र सिआइए एवं युरोपेली युनियनका गुप्तचर संस्थाहरूसित जोडिएका छन् ।
उनीहरूले दावीका साथ पटक पटक दोहो¥याइरहने यस आरोपमा के कति सत्यता छ । अथवा निराधार लाञ्छना हो पक्तिकारले यसै हो भनेर उनीहरूको फत्तुरहरूको खण्डन गर्न सक्ने सामथ्र्य राख्दैन ।
तर पंक्तिकारलाई के कुरामा चिन्ता तथा अत्यन्तै ग्लानी महसुस हुन्छ भने वि.स. २०३२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी यस पटकको संसदीय निर्वाचनसम्म शरीरले साथ दिँदासम्म कहिले अत्यन्तै सव्रिmय र कहिले सामान्य गतिविधिमा सीमित रहेर भए पनि अर्थात भोटर मात्रै भएर पनि कम्युनिष्टहरूको पक्षमा आफ्नो बलबुँताले भ्याएसम्म काम गरियो ।
कम्युनिष्ट नामधारी पात्रहरूलाई पटक पटक सत्तामा पनि पु¥याइयो । यसरी उनीहरूलाई सत्तामा पु¥याउँदा केवल म मात्र दोषी होइन कि हामी समस्त वामपन्थी मतदाताहरू के कुरामा आस्वस्त थियौं भने हाम्रो जस्तो गरिवीले पिल्सिएको सानो राष्ट्रलाई कम्युनिष्ट पार्टीका नेताहरूले निश्चय नै सुखी, खुसी र सम्पन्नशाली बनाउने छन् । सधैभरि दक्षिण छिमेकी भारतले हेप्दै, पेल्दै र अचेट्दै हाम्रो राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनतालाई खलल पु¥याइरहेको अवस्थामा त्यसलाई निस्तेज पारी सलबलाउन आम जनताको व्यापक समर्थन जुटाएर काम गर्नेछन् । अरू देशका कम्युनिष्ट तथा बामपन्थी पार्टी तथा सरकारका अनुभवहरूलाई ध्यानमा राखेर गतिला काम गर्नेछन् ।
हामीले जिताएर पठाएका कम्युनिष्टहरू बनेको सत्ता हमेसा जनताको वृहत्तर हितप्रति सजग तथा सतर्क रहने छ । हामीले जिताएर पठाएका कम्युनिष्टहरूबाट बनेको सरकारले देशका सामु उँभिएका जस्तोसुकै धाँकको पनि सामना गर्न सक्षम हुनेछ । तर, आपसोच छ परिणाम हामीले सोचे भन्दा विलकुलै उल्टो आयो । जनहित एवं देशहितको चर्का नारा दिएर आफूलाई असल कम्युनिष्ट भनी दावी गरेर सत्तामा पुगेका कथित कम्युनिष्टहरू यस गम्भीर जिम्मेवारी प्रति कहिल्यै सजग बनेनन् ।
उनीहरूले कार्यकर्ता र मतदातालाई लगातार सिद्धान्तका पाठ रटाए तर आफूले भने कहिल्यै सिद्धान्तको पालना गरेनन् । पार्टीप्रति कार्यकर्ताहरूको कर्तव्य तथा देशवाट पाउनु पर्ने अधिकारका वारेमा धेरै वक्तव्य दिए, धेरै भाषण गरे, धेरै दस्तावेजहरू तयार गरेर बाँडे, धेरै कितावहरू लेखे तर उनीहरू स्वयं भने आफूले स्थापना गरेका मान्यताहरूबाट सधैभरि पन्छिएको देख्नुप¥यो । यति लामो समयसम्म कम्युनिष्टहरू सत्तामा रहँदा पनि जनतालाई आफ्नो जीवन निर्वाहको समस्याको समाधान प्राप्त हुनु त कता कता समस्याहरू उत्तरोत्तर झन झन जटिल वन्दै गए ।
सत्ताको महत्वपूर्ण पद ओगटेर बसेका कम्युनिष्ट नेताहरूको नै यस किसिमको व्यवहार तथा आचरण देखेपछि त्यसको प्रभाव साधारण कार्यकर्ता र आम जनतामा कस्तो परिरहेको छ भन्ने तथ्य प्रति रौं बरावर पनि ध्यान दिएनन् ।
नेताहरूको यस किसिमको व्यवहारले गर्दा नै कम्युनिष्टहरू प्रति आम जनताको विश्वास हेरेको हो र संसदमा गर्वका साथ छाती फुलाएर हामी कम्युनिष्ट होइनौं भन्ने अर्थ मन्त्री स्वर्णीम वाग्ले जस्ता गैर कम्युनिष्टहरूको नयाँ दलले यस पटकको संसदीय निर्वाचनमा करिब दुई तिहाइ सिट पडकाएर एकलौटी सरकार बनाउने सौभाग्य प्राप्त गरेको हो ।
आज हाम्रो देशको भविष्यका वारेमा देशका अर्थशास्त्री, स्वतन्त्र राजनीतिक विश्लेषक, समाजशास्त्री, एवं आम सर्वसाधारण नागरिकजनबाट घोर चिन्ता व्यक्त भइरहेको छ । यो देश सधै असफल राष्ट्रमा परिणत भएर बिघटनमा त जाने होइन भन्ने सन्त्रास छाएको छ ।
देश विभिन्न जटिल तथा गम्भीर समस्याहरूको भुमरीमा, भ्रष्टाचारको भुमरीमा, राष्ट्रघातको भुमरीमा, आतंकवादको भुमरीमा गुण्डागर्दीको भुमरीमा, फिरौती, डकैती र असुलीहरूको भुमरीमा परिरहेको छ । नागरिक असुरक्षाको भुमरी, अराजकताको भुमरी, जाति, धर्म सम्प्रदायहरूका बीच वैमनस्यताको भुमरी, नवउपनिवेशवाद, साम्राज्यवाद, विस्तारवाद, आसेपासे पूँजीवाद, क्यापिटालिजमको भुमरी यिनै भुमरीहरूमा फसेको छ ।
हामीलाई अटल विश्वास थियो कि कम्युनिष्टहरू सत्तामा आउन पाए भने यो सवै समस्या व्रmमशः घट्दै गएर २÷४ वर्षमा छु मन्तरकी वाचा हुनेछ । कम्युनिष्टहरू नैतिक, चारित्रिक, वैचारिक दृष्टिले इमान्दार हुने हुँदा सत्ताको वागडोर कम्युनिष्टहरूको हातमा जाने पाएदेखि यो देशले प्रगति गर्दछ, विकासको उच्चशिखर चुम्ने छ भन्ने विश्वास थियो । हाम्रो नेपाल राम्रो मात्र होइन भू स्वर्ग वन्ने छ तर सत्तामा भएका कम्युनिष्टहरूको वेइमानीले गर्दा जनताका ती सबै आशाहरू मृगमरिचिका बने ।
जब कम्युनिष्ट नेताहरू नै जनता तथा देशको बृहत्तर हितप्रति सतर्क तथा जागरुक रहेनन् भने अरूबाट झन के आशा ? त्यसैले त अपसोचका साथ भन्नुपरेको छ कि जनहित एवं देश हितको चर्को नारा दिएर करीव दुई तिहाईको मतबाट सत्ता कब्जा गर्न सफल भएका नयाँ अनुहारहरू पनि उस्तै पटके सावित हुनेछन् । गर्ने भएदेखि अहिलेसम्म धेरै काम भईसक्थ्यो तर स्टण्टबाजी जति सुनिएपनि कामको मुसो मरेको छैन ।
यिनीहरू पनि सत्तामा आएको तीन महिना वितिसक्थ्यो तर अझैसम्म निर्मला पन्तका हत्यारा आततायीहरू समातिएनन् । सहकारी ठगको आरोप लागेका रवि लामिछानेले सफाइ पाउँदा खास ठग भनिएको जीबी राइलाई अझैसम्म पनि ल्याइएन र सम्पत्ति शुद्धिकरणको नाममा एकाध जनालाई प्रतिशोध साँध्न खोरमा राखिएपनि त्यो भन्दा दशौं गुणा भ्रष्टहरू लोकतन्त्रमाथि खतराको ढोल पिट्दै सोझा कार्यकर्तालाई सडकमा उतारेर उत्तेजक नारा लाउँदै प्रहरीमाथि ढुंगामुढा गर्न उक्साएर प्रहरीको लाठी खुवाइरहेका छन् ।
फटाफट यिनीहरूका फाइल खोल्दै खोरमा जाकेर मुद्दा किन चलाइदैन ? यी सबै परिघटनाले त चोर चोर मौसिरे भाई भन्ने हिन्दी उखानले सार्थकता पाइरहेको आभास हुदैछ । यो सरकारले पनि केही गरेन भने देश असफल राष्ट्रमा परिणत भई विघटनमा जान धेरै समय कुर्नुपर्ने छैन । देशको भविष्यका वारेमा थोत्रा कुरा गरेर अब केही हुनेवाला छैन् । ठोस काम हुनु प¥यो ।
जनताको जीवन निर्वाहको समस्यालाई ध्यानमा राखेर नयाँ नयाँ रोजगारका अवसरहरू सिर्जना गरेर आर्थिक विकासमा उच्च प्राथमिकता दिनुप¥यो । सवैखाले अपराधीहरूलाई कानुनको दायरामा ल्याई दण्डहिनताको स्थितिलाई निर्मल वनाउनु प¥यो । नेताका र मन्त्रीहरूको राम्रा आश्वासन र सरकारी तथ्यांकले मात्र दायित्व पूरा पूरा हुँदैन, अविलम्व ठोस कदम चालिनुप¥यो ।