Butwal Today

‘खडेरी विरुद्ध विश्व एक हुने बेला’

४ असार २०८३, बिहीबार
अ+
अ-

जलवायु परिवर्तनले विनाशकारी रूप लिँदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव मौसममा देखिन थालेको छ । प्रत्येक वर्ष खडेरीको समस्या बढिरहेको छ । यसले मुलुकको कृषिप्रधान अर्थतन्त्र, जलस्रोत, ऊर्जा उत्पादन, स्वास्थ्य र समग्र विकासमा गम्भीर आर्थिक भार थप्दै गरेको छ ।

नेपाल पहिलेदेखि नै मौसम परिवर्तन तथा जलवायु सङ्कटका कारण बारम्बार खडेरीको चपेटामा पर्दै आएको छ । खडेरीले खाद्य सुरक्षा, जलस्रोत, रोजगारी तथा समग्र आर्थिक क्रियाकलापमा गम्भीर असर पार्छ ।

जहाँ जनसङ्ख्याको ठुलो भागको जीवनयापन खेतीपातीमा आधारित छ । प्राकृतिक प्रकोप विशेष गरी खडेरीले नेपालको कृषि, जनजीवन, खाद्य सुरक्षा र समग्र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । खडेरीले केवल वातावरणीय समस्या नभएर राष्ट्रिय अर्थतन्त्रमा चर्को आर्थिक भार निम्त्याउने सङ्कटका रूपमा देखा परेको छ । खडेरी भन्नाले सामान्य वर्षा नभएको अवस्थालाई बुझिन्छ ।

खडेरी हुनुको कारणमा जलवायु परिवर्तनको असर, चुरे दोहन, वन फडानी, जल व्यवस्थापनको समस्या, मनसुन प्रणालीमा अव्यवस्था, कृषि क्षेत्रको सङ्कट आदि रहेका छन् । खडेरीकै कारण उत्पादनमा गिरावट आउने देखिएको छ । खडेरीले खाद्य सुरक्षा, जलस्रोत, रोजगारी तथा समग्र आर्थिक क्रियाकलापमा गम्भीर असर पार्छ । जहाँ जनसङ्ख्याको ठुलो भागको जीवनयापन खेतीपातीमा आधारित छ ।

यो वर्ष खडेरीकै कारण उत्पादनमा भारी गिरावट आउने चेतावनी मौसमबीदहरूले दिइसकेका छन् । यसवर्ष धान उत्पादन १५ देखि २० प्रतिशतसम्म घट्ने सम्भावना रहेको छ । खडेरीकै कारण समग्र राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाउनुका साथै गरिबी र बेरोजगारी बढ्ने निश्चित छ । जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै खडेरी समस्या अझै विकराल बन्ने सम्भावना छ ।

विश्वमा बढ्दै गरेको मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमा जनचेतना बढाउन र ऐक्यबद्धता प्रदर्शन गर्न सन् १९९५ देखि हरेक वर्षको जुन १७ लाई विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।

जस अनुसार बुधबार विश्व खडेरीविरुद्धको दिवस मनाइएको छ । तर, यो दिवस पनि औपचारिकतामै सीमित भएको छ । दिवसको अवसरमा नेपालमा सामान्य कार्यक्रम समेत नहुनु अर्को चिन्ताको कुरा हो ।

कम्तिमा खडेरीका कारण उत्पन्न समस्या र समाधानको विषयमा बहस पैरवी हुनुपथ्यो, खडेरी कम गर्ने उपायको विषयमा छलफल हुनुपथ्र्यो र छलफलको निष्कर्षलाई सरकारले अपनत्व ग्रहण गर्न सक्नुपथ्र्याे । तर, नेपालमा दिवसलाई दिवसकै रूपमा मात्रै मनाउने गलत प्रवृत्ति हावी छ । पछिल्लोसमय गर्मी बढ्दै गएको छ ।

तराईमा मात्रै होइन काठमाण्डौंमा समेत तापमान ३५ डिग्री माथि पुग्नु साँच्चै चुनौतिको बिषय हो । खडेरीकै कारण बोटविरुवामाथि ठुलो असर पुगेको छ । चुरेको विनास, वातावरण विनास, वातावरण संरक्षणमा बेवास्ता, जथाभावी जंगल फडानीकै कारण अहिले विश्व मरुभूमिकरणको मारमा छ । त्यसमाथि त्यही कारण आज खडेरीको अवस्था उत्पन्न भएको छ ।

बढ्दो कार्बनको उत्सर्जन, औद्योगिकरण त्यसका सहायक हुन । पछिल्लोसमय मानव जनसंख्या वृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै टुक्रा टुक्रा पारेर क्षयीकरण भएको छ । त्यो भनेको दुःखदायी अवस्था हो ।

खडेरीको बर्तमान अवस्था आउनु भनेको निश्चितरूपमा चिन्ताको कुरा हो । तराईमा यो वर्ष पुस माघमा समेत राम्रोगरि पानी आउन सकेन । लामो समय खडेरी पर्ने क्रम सुरु भैसकेको छ । कि खडेरी पर्ने, पानी बर्षिए क्षति सम्हाल्नै गाह्रो हुने अवस्था आएको छ ।

अतिबृष्टि र अनाबृद्धि हाम्रो मूख्य चुनौति पनि हो । वर्षेनी दोहोरिने भीषण बर्षा र त्यसपछिको पहिरोले साँच्चै चुनौति बढाएको छ । यी सवै नेपालमा जलवायु परिवर्तनका असरको परिणाम हुन । तसर्थ अव ढिलो नगरी खडेरी विरुद्ध विश्वनै एक हुने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?