Butwal Today

एडमण्ड सिटी हस्पिटल: अत्याधुनिक स्वास्थ्य सेवाको गन्तव्य

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

बुटवल । स्वास्थ्य सेवाको उपलब्धता र प्रभावकारिताले बुटवल पछिल्लो समय स्वास्थ्य सेवाको हब बन्दै गएको छ । दक्ष चिकित्सकीय तथा आधुनिक उपकरण सहितको सेवा प्रवाहले बुटवल स्वास्थ्य क्षेत्रको हबको रूपमा विकास हुन लागेको हो ।

अस्पताल खुल्ने क्रम जारी छ भने पहिले स्थापना भएको स्वास्थ्य संस्थाहरूले आफूलाई स्तरीकरण गर्दै लगेका छन् । विशेषज्ञ अस्पतालको रूपमा बुटवलमा केही अस्पतालहरू स्थापित भएका छन् ती मध्येको एक हो– एड मण्ड सिटी हस्पिटल ।

न्युरो र ट्रमा सेवाको रूपमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको यो अस्पताल बुटवल उप–महानगरपालिका– १३ जितगढीमा अवस्थित छ ।
नेपाली स्वास्थ्य सेवा उद्योगमा विद्यमान शून्यतालाई पूरा गर्ने दृष्टिकोणका साथ स्थापना गरिएको यो हस्पिटल १०० शैया क्षमताको हस्पिटल हो ।

यस हस्पिटलले १६ वर्ष अघिदेखि अत्याधुनिक स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । १० भन्दा बढी आइसियु, वेड, ५ भेन्टिलेटर, ३ वटा अप्रेसन थिएटर रहेको यो हस्पिटलमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १ सय ५० भन्दा बढी दक्ष कर्मचारीहरू कार्यरत छन् ।

यस हस्पिटलले बिरामीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यहाँ २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेको छ, जसबाट आकस्मिक बिरामीले छिटो उपचार पाउँदै आएका छन् ।

हस्पिटलमा अनुभवी तथा विशेषज्ञ चिकित्सक मार्फत ओपीडी सेवा सञ्चालनमा छ । न्युरो सर्जरी, जनरल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुटु रोग, नाक–कान–घाँटी तथा स्नायु रोग सम्बन्धी उपचार गरिन्छ ।

त्यसै गरी क्यान्सर रोग उपचार सेवा, मानसिक तथा मनोरोग, प्रजनन रोग विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठ रोग, नवजात शिशु तथा वालरोग, म्याग्जिलोफेसियल विशेषज्ञ सेवा हस्पिटलले प्रदान गर्दै आएको छ । सम्पूर्ण उपचारको लागि एउटै गन्तव्य सबै सेवा र सुविधा एकै स्थानमा पाइने अस्पताल हो एड मण्ड हस्पिटल ।

यस हस्पिटलमा आधुनिक अपरेसन थिएटर मार्फत सामान्य शल्यक्रिया, हाडजोर्नीको अपरेसन, प्रसूति सेवा तथा अन्य जटिल उपचारहरू पनि गरिन्छन् । हस्पिटलमा ल्याब परीक्षण, रेडियोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड लगायतका डायग्नोस्टिक सेवाहरू उपलब्ध छन्, जसले बिरामीको रोग पहिचान र उपचारलाई थप प्रभावकारी बनाउँछ ।

यसका साथै हस्पिटलमा फार्मेसी, जनरल वार्ड, क्याबिन तथा स्वास्थ्य परीक्षण प्याकेज जस्ता सेवा पनि उपलब्ध छन् । आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र बिरामी मैत्री सेवाका कारण यो हस्पिटल भरपर्दो स्वास्थ्य संस्थाका रूपमा परिचित बन्दै गएको छ ।

निजी स्वामित्वमा सञ्चालित यस हस्पिटल चिकित्सा, शल्यक्रिया र निदान सेवाहरूको लागि प्रभावकारी छ । जसले जनतालाई सहज र सरल रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नवीनतम प्रविधि र दक्ष चिकित्सकहरू तथा स्वास्थ्य कर्मचारीहरूद्वारा बिरामीहरूको उपचार गरिने एड मण्ड सिटी हस्पिटल देशले प्रदान गर्ने उत्तम स्वास्थ्य सेवाको लागि गन्तव्यको रूपमा स्थापित भइसकेको छ ।

सामाजिक उत्तरदायित्व समेत निर्वाह गदै आएको यस हस्पिटलले वेला–बेलामा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गदै आएको छ भने बिरामीहरूलाई सहुलियत दरमा स्वास्थ्यका प्याकेजहरू उपलब्ध गराउँदै आएको छ । निश्चित समय र अवसरमा भारतीय भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको लागि निःशुल्क इ सी एच एस स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

हस्पिटलका अध्यक्ष प्रकाश रानाले उच्च व्यावसायिकता अपनाउनु भएका दक्ष समर्पित चिकित्सकहरूले उपचारमा ज्ञान र अनुभव लगाउनु भएकाले गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताए । बिरामीलाई आवश्यक पर्ने सबै कुरा, क्रिटिकल केयर बिरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदानमा समर्पित हुनुको पछाडिको कारण यो हस्पिटल छोटो समयमै बिरामीहरू माझ स्थापित भएको हो ।

एड मण्ड सिटी हस्पिटल यस क्षेत्रको उत्कृष्ट र गुणस्तरीय अस्पताल हो । शान्त र सुन्दर वातावरण, आधुनिक प्रविधि प्रयोग गरिएको, दक्ष चिकित्सक तथा प्राविधिक टोली, पहुँचयोग्य उपचार र सुसज्जित पूर्वाधारले सबैको रोजाइमा यो हस्पिटल पर्न गएको अध्यक्ष रानाको बुझाइ छ ।

“हाम्रो उद्देश्य जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीले गुणस्तरीय सेवा प्रदान गरेको छौँ भन्ने प्रमाण तपाईँहरूले हामीलाई विश्वास गर्नु हो”, उनले भने– “उत्कृष्टताप्रति तपाईँको समर्पण एडमन्ड सिटी हस्पिटलको मेरुदण्ड हो, जसले हाम्रो ढोकाबाट हिँड्ने प्रत्येक बिरामीलाई उत्तम सम्भव सेवा प्रदान गर्ने कुरा सुनिश्चित गरेको छ ।”

आगामी दिनमा हस्पिटलको सेवालाई अझै प्रविधिमैत्री बनाउने उद्देश्य रहेको छ । अत्याधुनिक प्रविधि, तालिम र अनुसन्धानमा लगानी बढाएर जनताको स्वास्थ्य सेवालाई अझै सुविधा र प्रभावकारी बनाउने हस्पिटलको भावी योजना छ । “हाम्रो उद्देश्य हाम्रो जनताको अपेक्षाहरू पूरा गर्नु मात्र होइन त्योभन्दा बढी गर्नु हो, स्वास्थ्य सेवालाई सर्वसुलभ व्यापक र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ ।”

एड मण्ड सिटी हस्पिटलले स्वास्थ्य सेवा केवल उपचारमा मात्र सीमित नराखी मानवीय संवेदना, विश्वास र सेवा भावलाई पनि प्राथमिकतामा राख्दै आएको छ । समयसँगै बढ्दो स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै अस्पतालले विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक उपकरणको प्रयोग तथा दक्ष जनशक्ति विकासमा निरन्तर लगानी गरिरहेको छ ।

गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको यो अस्पतालले पश्चिम नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

आधुनिक चिकित्सा प्रविधि, अनुभवी चिकित्सकको टोली र बिरामी मैत्री वातावरणका कारण एड मण्ड सिटी हस्पिटल स्वास्थ्य सेवाको विश्वसनीय गन्तव्यका रूपमा स्थापित भएको छ र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?