Butwal Today

कमल शिशिरको “लाल्टिन बालेर” बजारमा

१९ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बुटवल । करिब २०–२५ वर्ष पहिले जुन समय गाउँ घरमा विद्युतीकरण भएको थिएन । त्यति बेला टुकी तथा लाल्टिन अँध्यारोको सहारा थिए । दैनिक जीवन यापनमा मात्र नभएर रातिको रमाइलो जमघट र रोधी बस्दा पनि टुकी र लाल्टिनको साहारामा रमाइलो गर्ने प्रचलनलाई यति बेला लेखक तथा रचनाकार कमल शिशिरले आफ्नो शब्द चयनमा लोक दोहोरी लाल्टिन बालेर बजारमा ल्याएका छन् ।

खास गरी गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायमा मात्र नभएर गाउँघरमा दिनभरको मेलापात सकेर साँझमा रोधी बस्ने चलन थियो । गाउँघरमा कतै कतै यसलाई झ्याउरे पनि भन्ने गरिन्छ ।

गुल्मी मदानेका कमल शिशिरले  गजल, कविता, मुक्तक लगायतका साहित्यिक विधामा मात्र नभएर सामाजिक, राजनैतिक तथा समसामयिक विषयमा पनि राम्रो दक्खल राख्दछन् ।

गीतमा हालका प्रसिद्ध लोक दोहोरी सङ्गीतकार नन्दु परियारको सङ्गीत,  सङ्गीतकार तथा मौलिक स्वरका धनी गायक वसन्त थापा र देवी घर्तीको स्वर छ भने छमछमी सिजन ३ का रनर अप शेखर घर्ती मगर र रचना न्यौपानेको अभिनय रहेको म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीको समूहले गरेको छ ।

सुजन कोइरालाको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् ।  ‘लाल्टिन बालेर’ कमलशिशिर ३  को युटुब च्यानलमा पनि हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?