Butwal Today

वेष्टर्न मेगा कलेज: सीपसँगै रोजगारीको सुनिश्चितता

२० बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल उपमहानगरपालिका वडा नंं. १५ ढवाहामा स्थापना भएको वेस्टर्न मेगा कलेज पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा पर्दै गएको छ । न्यूनतम शुल्कमा गुणस्तरीय र सिप तथा रोजगारमूलक शिक्षा प्रदान गर्ने भएकोले कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो ।

कलेज पढ्ने विद्यार्थीहरूले पढ्दै कमाउँदै भन्ने अभियानमा समेत सहभागी हुन पाएका छन् । यो कलेजमा पढ्ने विद्यार्थीहरूले इन्टर्नसिपको रूपमा देशभित्रकै तारे होटलमा काम गर्ने अवसर पाउने गरेका छन् । राम्रो भौतिक पूर्वाधार, दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको संयोजन नै यो कलेजको विशेषता हो ।

पछिल्लो समय यो कलेज शैक्षिक हबका रूपमा विकास हुँदै गरेको छ । कलेजप्रति विद्यार्थीको आकर्षण बढ्नुमा सीपमूलक शिक्षा नै हो । विक्रम सम्बत २०७० सालमा स्थापना भएको यो कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थीको नजरमा पर्न सफल भएको छ ।

शिक्षासँगै सीप र तत्कालै हातमा रोजगारी पाउन सकिने भएकोले यो कलेज विद्यार्थीको रोजाई बन्दै गएको छ । रुपन्देहीकै एक अग्रणी शैक्षिक संस्थाको रूपमा यसले आफ्नो पहिचान विस्तार गर्न सफल भएको छ ।

यो कलेज मलेसियाको प्रसिद्ध लिङ्कन युनिभर्सिटीसँग आबद्ध छ । स्थापनाकालदेखि नै यो कलेजले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ ।

रुपन्देहीमै पहिलो पटक बीएचएम कार्यक्रम भित्र्याउने गौरव पनि यसै कलेजलाई छ । स्थापनाको करिब १३ वर्षको इतिहासमा यो कलेजमा करिब ७०० भन्दा बढी जोडिइसकेका छन् भने दुवै विधातर्फ गरी चार सय बढी विद्यार्थी पास आउट भैसकेका छन् । कलेजका अनुसार यहाँका विद्यार्थीहरूले विश्वविद्यालय स्तरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

कलेजको कार्यक्रम:
बीएचएम (ब्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानेजमेन्ट) 
कलेजको यो कार्यक्रम होटल, रिसोर्ट, एयरलाइन्स र पर्यटन क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि तयार गरिएको हो । यसमा खाना बनाउने, सर्भिस, फ्रन्ट अफिस र व्यवस्थापनको प्रयोगात्मक तालिम दिइन्छ ।

यो तालिम लिएर धेरै युवाले रोजगारीमा जोडिने अवसर पाएका छन् । कलेजबाट बिएचएम गरेका विद्यार्थीहरूले स्वदेश तथा विदेशका तारे होटलमा रोजगारीको अवसर पाएका छन् । पढाइ सकेपछि विद्यार्थीहरूले रोजगारी पाउन कुनै समस्या हुँदैन । कतिपयले आफै व्यवसाय सुरु गरेर स्वरोजगार बनेका उदाहरण छन् ।

यसको महत्त्वपूर्ण विशेषता भनेको काम गर्छु भन्ने कोही पनि तालिमपछि बेरोजगार बन्नुपर्दैन । यो विषय अध्ययनमा समेत शुल्क कम भएकोले सर्वसाधारण परिवारका विद्यार्थीले पनि पढेर स्वदेश तथा विदेशमा रोजगारीमा जोडिन सक्छन् । पढाइ सकेपछि तुरुन्तै रोजगारी पाइने भएकोले यो विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढिरहेको छ ।

आफ्नै रिसोर्टः 
यो कलेजको विशेषता के हो भने विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउन कलेजको आफ्नै रिसोर्ट सञ्चालनमा छ । यसले विद्यार्थीलाई वास्तविक कार्य थलोमा काम गर्ने अनुभव प्रदान गर्छ ।

आरम्भ रिसोर्टले विद्यार्थीहरूलाई सिकाइसँगै प्रयोगात्मक तालिममा जोडेको छ । जसका कारण समयको बचतसँगै विद्यार्थीहरूले कलेजकै प्राङ्गणमा रहेको रिसोर्टमा तालिमको अवसर पाएका छन् । यसले विद्यार्थीहरूलाई सिकाइमा सहयोग गरेको छ ।

काम र पढाइ सँगसँगै: विद्यार्थीले चाहेमा चौथो सेमेस्टरदेखि नै पढाइमा असर नपर्ने गरी विभिन्न संस्थाहरूमा काम गर्ने अवसर पाउँछन् । कलेजमा अत्याधुनिक किचन, बेकरी, नमुना होटल कोठा, कम्प्युटर ल्याब र पुस्तकालयको सुविधा छ । यो कलेज पूर्ण रूपमा सुरक्षित, मदिरा तथा सुर्तीजन्य पदार्थ निषेधित र ¥यागिङ–मुक्त क्याम्पस हो ।

यहाँ विद्यार्थीको मानसिक विकासका लागि योग र ध्यानको पनि व्यवस्था छ । यो कलेजले देश तथा विदेशका प्रतिष्ठित होटल र कम्पनीहरूमा इन्टर्नसिप र रोजगारीका लागि सहयोग गर्दै आएको छ ।

पछिल्लो समय नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २० प्रतिशत बढी छ । सहरमा मात्रै होइन, सहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटेल खुल्ने क्रम बढिरहेको छ । ग्राहकहरूलाई सेवा दिनका लागि दिन प्रतिदिन स्तरीय होटेलहरू खुलिरहेका छन् । तर, होटेलहरूमा अझैपनि दक्ष जनशक्तिको भने अभाव छ ।

\पहिले नेपालका ठुला होटल तथा रिसोर्टमा काम गर्ने दक्ष जनशक्ति भारतबाट बोलाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था अन्त्य भएको छ । त्यसमा वेष्टर्न मेगा कलेजका प्रशिक्षार्थीहरूले ठूलो सहयोग पु¥याएको छ ।

अर्कोतर्फ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मुलुकभित्रै घुम्ने संस्कृतिको विकास भैरहेको छ । मुख्य पर्यटन गन्तव्य क्षेत्रमा होटेल, रिसोर्ट खुल्ने क्रम बढिरहेको छ । यसले रोजगारीको अवसर बढाएको छ । खासगरी बिएचएम लगायत होटल म्यानेजमेन्ट र विभिन्न प्रकारको कुक तालिम प्राप्त गरेकाहरूले विदेश जानु नपर्ने अवस्था आएको छ ।

त्यसमा यो कलेजले पनि युवालाई रोजगारीमा जोडेर सिपमूलक जनशक्ति उत्पादनमा ठूलो टेवा पु¥याएको छ । पछिल्लो समय होटेल तथा रेष्टुरेन्टसंग सम्बन्धित रोजगारमूलक तालिम लिएर रोजगारी गर्ने, व्यवसाय गर्ने वा स्वरोजगार बन्ने लहर नै चलेको छ । यसमा वेष्टर्न मेगा कलेज सारथी बनेको छ ।

यो कलेजमा अध्ययन सकेका विद्यार्थीहरू कोही पनि खाली बस्नु नपर्ने अवस्था हुनु यो कलेजको मुख्य विशेषता हो । यसले होटेल व्यवस्थापनसँग सम्बन्धित कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी लगायत तालिमका लागि जनशक्ति उत्पादन गर्दै आएको छ । रोजगारमुखी र व्यवहारिक प्राविधिक तालिम दिनु कलेजको विशेषता हो ।

वेस्टर्न मेगा कलेजले बि.एच.एम कोर्ष करिकुलम साथै थुप्रै अतिरिक्त कार्यक्रमहरू जस्तै चाइनिज, जापानिज, फ्रेन्च जस्ता विभिन्न देशका भाषा, व्यक्तित्व विकास तालिम, इन्टरनेशनल टुर लगायत अन्य कार्यक्रम सञ्चालन गरेको छ ।

कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले तालिमको दौरानमै प्रशिक्षार्थीहरूको चाहना अनुरूप स्वदेशी तथा विदेशी रोजगादाता कम्पनीहरूसँग समन्वय गरी रोजगारीको सुनिश्चितता गराइने बताउनुभयो । कलेजले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा कलेजहरूसँग आवद्धता, समन्वय र सहकार्य गर्दै आएको छ ।

साथै तालिमलाई व्यवस्थित, गुणस्तरीय, मर्यादित र शुल्कमा एकरूपता कायम गर्न सफल भएको छ । बि.एच.एम कार्यक्रम अन्तर्गतको शैक्षिक पाठ्यक्रम, परीक्षा प्रक्रिया, मूल्यांकन विधि पूर्णतः निष्पक्ष रहेको कलेजको भनाइ छ ।

एमबीए–(मास्टर अफ बिजनेश एडमिलिस्ट्रेशन)
यसै गरी कलेजको यो कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, व्यापारिक रणनीति र उद्यमशीलताको विकास गर्न सहयोग पु¥याएको छ । यहाँबाट उत्तीर्ण विद्यार्थीहरू हाल विभिन्न बैङ्क, बिमा र ठुला कर्पोरेट हाउसहरूमा उच्च पदमा कार्यरत रहेका छन् ।

कलेजले जेहेन्दार र योग्य विद्यार्थीहरूका लागि कलेजले विभिन्न प्रकारका छात्रवृत्तिहरू उपलब्ध गराउँदै आएको छ । कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीहरूलाई लक्ष्य उन्मुख, अनुशासित र जिम्मेवार भएर शैक्षिक यात्रामा अघि बढ्न प्रेरित गर्दै आएको बताए । उनले प्रत्येक व्यक्तिले श्रमिक साेंच नभई नेतृत्वदायी सोंच राखेमा जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिने उल्लेख गरे ।

साथै वेस्टर्न मेगा कलेजमा बि.एम.बि तथा एम.वि.ए ग्राजुएटहरू कोही पनि बेरोजगार नरहेको र यदि कोही कसैलाई जागिरको आवश्यकता परेमा कलेजले जागिर व्यवस्थापनमा सहजीकरण गरिदिने गरेको छ ।

बिएचएम तथा एमबिए अध्यापन गराइरहेको यस वेस्टर्न मेगा कलेजले विद्यार्थी केन्द्रित शिक्षण र उद्योगमा प्रयोगशील सीप विकासलाई प्राथमिकता दिंदै आएको छ । कलेजले अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ ।

कलेजले आयोजना गर्ने कार्यक्रममा विद्यार्थीहरूले आफैले तयार पारेका विभिन्न परिकारहरू प्रस्तुत गर्ने गरेका छन् । बेलाबेलामा फुड फेस्टिभल समेत आयोजना हुने गरेको छ । जसले विद्यार्थीहरूको व्यवहारिक ज्ञान, सृजनशीलता र टीमवर्क क्षमतालाई उजागर गरेको छ ।

कलेजका प्राचार्य शर्माले कलेजले प्रदान गर्ने शैक्षिक तथा अतिरिक्त सुविधाहरूको जानकारी गराउँदै विद्यार्थीहरूले समय पालन, अनुशासन, नियमित कक्षा उपस्थिति तथा गु्रमिङलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए ।

प्राचार्य शर्माका अनुसार नेतृत्व विकासका लागि लक्ष्य निर्धारण, सकारात्मक सोच, इमानदारी, उदाहरणीय आचरण र सही सङ्गतको विशेषता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?