Butwal Today

दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि देवदहलाई

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल ।

बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि देवदह एफसीले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा कपिलवस्तु–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि चुमेको हो ।

उपाधिसँगै देवदह एफसीले नगद  ५ लाख ५ हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता कपिलवस्तु–११ ले भने नगद  २ लाख ५१ हजारसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ । फाइनल खेलमा देवदहका आशिष जिसी ‘म्यान अफ दि म्याच’ बाट पुरस्कृत भए ।

सिद्धेश्वर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा देवदहको तर्फबाट सुरज चौधरीले दुई गोल गर्दै टोलीलाई विजय बनाए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चौधरी ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै नगद २५ हजार र कपबाट पुरस्कृत भएका छन् । देवदहका आशिष जिसीले थप एक गोल गरे भने कपिलवस्तुका श्याम बियादीले सान्त्वना गोल गरे ।

प्रतियोगिताका अन्य विधागत पुरस्कारतर्फ कपिलवस्तुका गणेश पुलामी मगर ‘बेस्ट मिडफिल्डर’, देवदहका विशाल केसी ‘बेस्ट गोलकिपर’, एनिसेट एडिया ‘उत्कृष्ट डिफेन्डर’, देवदहका सुरज चौधरी ‘हाई स्कोरर’ तथा देवदह ब्वाइजका विजय गुरुङ ‘बेस्ट कोच’ घोषित भइ नगद ११ हजार र कपबाट सम्मानित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, क्लबका अध्यक्ष सुजु मल्ल तथा सचिव प्रकाश क्षेत्रीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?