ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

घोंघी बेचेर गुजारा

२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

नवलपरासी, २६ पुस ।

प्राकृतिक घोलमा माछा पाउन छाडेपछि घोलको माछा मारी बेचेर गुजारा चलाउने मल्लाह अहिले घोँघी सङ्कलन गरी बेचेर गुजारा चलाउनु पर्ने अवस्था आएको बताएका छन् ।

पहिला पहिला प्राकृतिक नदी, घोल, जलाशय, पोखरीमा माछा मार्ने र गाउँघर बजार पुगेर माछा बेचेर गुजारा चलाउने मल्लाहको पुर्र्खाैली पेसा छाड्न नसक्नेले माछाको स्थानमा घोंघी बेचेर गुजारा चलाउन परेको हो ।

प्राकृतिक जलाशय नासिँदै, पुरिँदै जानुका सार्थै खेतीपातीमा बढ्दो विषादीको प्रयोगले माछा पाउनै छाडेपछि बचेका जलाशय र घोलका घोंघी नै गुजारा लागि सहारा बनेको मल्लाह समुदायले जनाएको छ । “व्यावसायिक माछा पालन हुन थाल्यो, धेरै पोखरीहरू पुरियो, खोलामा बालुवा जमेर कुण्डहरू पनि पुरियो, भएको जलाशयमा माछा पाउनै छाडियो”– मल्लाहहरूको गुनासो रहेको छ ।

अहिले पाल्हीनन्दन–१ सुनरी चोकमा घर परिवार चलाउनको लागि छोटकी सुनरीका छोटु मल्लाहले बिहानै देखि नदी र पोखरीबाट घोगी पानीमा झानीझानी निकालेर बेच्ने गरेका छन् ।

जीविकोपार्जनको आधार उनको घोंघी बनेको छ । रु. १०० प्रति केजी मात्र बेचेर छोटु मल्लाह आठ जना परिवारलाई पालनपोषण गरिरहेका छन् । त्रेता युगकालीन निषाद राजा भएर प्राकृतिक जलाशयमा अधिपत्य हुने मल्लाहहरूलाई बदलिँदो परिस्थितिले अहिले गरिबीको रेखामुनी पु¥याएको छ ।

तत्कालीन अयोध्याका राजा रामको बनबास हुँदा निषाद राजाले जलाशयमा ढुङ्गा तारेर राजासँग मित्रता निभाएका थिए, त्यो बेला प्राकृतिक जलाशयमा निषाद समुदाय मित्रका मल्लाह (माझी) र केवट (सहानी) दुई समुदाय रहेको मान्यता छ ।

“प्राकृतिक जलमाथि ढुङ्गा तार्ने र माछा मारेर जीविकोपार्जन गर्ने उनीहरूको पुर्खौली पेसा हो”, स्थानीय लक्ष्मी हरिजनले भने, “त्यही भएर उनीहरू पुर्खौली पेसा मान्यता अनुसारका पेसामा अल्झिदा खेतीपाती र पशुपालन तर्फ लागेनन् । उनीहरूसँग खेतीपाती गर्न खेत पनि छैन, गुजारा चलाउने जलाशय र जलाशयका माछा पनि सकिँदै गए ।”

थारु समुदायको लोकप्रिय परिकार मध्ये घोँघी अहिले खुल्ला रूपमै बिक्री वितरण हुन थालेको छ । थारुका लागि घोंघी नै किन ? भनेर पनि स्थानीयले रोचक कहानी पनि सुनाउने गरेका छन् । जलाशयमाथि निषादको अधिपत्य हुँदा माछा मारेर बचेको घोंघी मात्रै सङ्कलन गर्न पाउने थारुलाई दिइने गरेका थिए ।

जुन उनीहरूको कालान्तरमा आएर घोघी खाने संस्कृति बन्यो । तर जलाशय माथिको अधिपत्य समाप्त हुँदै जाँदा तिनै निषादका लागि घोंघी अहिले जिविकोपार्जनको आधार बन्दै छ । समयको खेल हो, हरिजनले भने, समयले कसलाई कहाँ पु¥याउँछ ? यो एक उदाहरण हो ।

अहिले थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उक्त घोँघी खान थालेका कारण बजार र चोक चोकमा बिक्री वितरण हुन थालेका हुन् । माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ । जसले गर्दा माछा पालक किसानहरू घोँघी पनि सङ्कलन गरी बिक्री वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाएका थिए ।

पोखरीमा पहिला घोँघी त्यसै छाडि दिन्थ्यौ,तर अहिले यसको माग बढ्दो छ । पहिला थारु समुदायका महिलाहरू जलासयहरूमा घोँघी सित्तैमा सङ्कलन गरेर लैजाने गरेका थिए । तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजेपछि सङ्कलन गरी ल्याइएको उनको भनाइ थियो ।

“घोँघी स्वस्थकर परिकार हो”, उनले भने, “पहिला थारु जातीलाई घोँघी खाने जात भन्दै थारु जातीलाई घोँघी भनेर प्रायबाजी नाम नै प्रयोग गर्ने गरेका थिए, तर अहिले उक्त घोँघी थारु समुदायमा मात्रै सीमित रहेन, माछा जस्तै मधेसका अन्य समुदायले पनि खान रुचाउन थाल्दा यस्को माग पनि माछा जस्तै हुन थालेको छ ।”

हुन त अहिले माछा जस्तै व्यावसायिक पालन भइरहेको छैन । प्राकृतिक जलाशय, पोखरी तथा माछा पालन भएका पोखरीमा पनि घोँघी आफै आउँछन् । तर माग बढ्दै गयो भने माछा पालन जस्तै घोँघीको पनि पालन हुन सक्ने अवस्था देखिएको उनको भनाइ थियो ।

सरावल २ मनरी स्थित थारु सांस्कृतिक पार्क नजिकै थारु रिसोर्टमा तँ घोँघी खाने भनेर नै अर्डर आउने गरेका छन् । राजमार्ग क्षेत्रमा पनि धेरै होटलमा घोँघी एक परिकार पस्किने गरिएको छ । समुद्री किनारमा सि फुड जस्तै यस क्षेत्रमा अहिले घोँघी धोई पखाली सिधै पकाउने गरिएको छ ।

घोँघीको झोल बनाउने झोलसँग भात रोटी खाने र घोँघी भित्र रहेको मासुको भाग मुखले जोड लगाई तान्ने (सर्कने) गरि खाने गरिन्छ । पौष्टिक खानाको रूपमा रहेको घोंघीमा प्रोटिन, क्याल्सियम, आइरन र जिङ्क प्रशस्त हुन्छ, जसले शरीरलाई शक्ति दिन्छ ।

साथै घोँघीको खानेको हड्डी बलियो बनाउँछ, क्याल्सियम धेरै हुने भएकाले हड्डी र दाँत मजबुत हुन्छन् । रगत बढाउन मद्दत, आइरनको मात्रा राम्रो भएकाले रगतको कमी (एनीमिया) मा फाइदा पु¥याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पोषक तत्त्वका कारण शरीरको इम्युनिटी मजबुत हुन्छ ।

शक्ति प्रदान गर्छ मेहनत गर्ने व्यक्तिका लागि राम्रो ऊर्जादायी खाना मानिन्छ । व्यवसाय गर्न सकियो भन्ने आयआर्जनको स्रोत, घोंघी सङ्कलन, पालन तथा बिक्रीबाट स्थानीय स्तरमा आम्दानी गर्न सकिन्छ ।

परम्परागत औषधीय प्रयोग पनि गर्ने गरिन्छ जसमा केही समुदायमा घोंघीलाई कमजोरी, थकान आदिमा उपयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?