ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

सम्मृद्धिका आधार हुन् गाउँदेखि सहरका उद्यान

२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

उद्यानको निर्माण, विकास र प्रचारप्रसार गर्न सक्दा समृद्धिको मूल फुट्न सक्छ ।

समृद्धिका नयाँ ढोका उघारिन सक्छन् । त्यतिमात्र होइन, उद्यानले नौलो आयाम थप्न सक्छ । मानवीय संस्कार र संस्कृतिको विकासका साथै खोज, अध्ययन र अनुसन्धान गर्ने थलोको रूपमा उद्यानलाई विकास गर्न सम्भव छ । उद्यान, भूगोलको चौघेरोमात्र होइन । बरु, यो भावनाको पृथ्वी हो ।

जहाँ सबै अटाउन र अट्न सक्छन् । मनको बह पोख्ने साँघुरो थलोमात्र होइन उद्यान । मन, मस्तिष्क र मानसिक तनावलाई व्यवस्थापन गर्ने गतिलो स्थानका रूपमा समेत उद्यानलाई लिने गरिन्छ । उद्यान सहरमा मात्र सीमित छैन । यतिबेला देशका ठूलाठूला सहरदेखि ग्रामीण भेगसम्म निर्माण हुँदैछन् ।

हिमालदेखि तराइका फाँटहरूमा रहरलाग्दा र मनमोहक उद्यानहरू निर्माण भएका छन् । सुविधा सम्पन्न उद्यानहरू निर्माण हुनेक्रममा छन् । नगरपालिका घोषणा हुने आधारमध्ये एउटा आधारभूत पक्ष उद्यान पनि हो । फूलको बगैँचाको विराट रूपलाई उद्यानका रूपमा परिभाषित गर्न थालिएका छन् ।

मानवीय आनन्द र मनोरञ्जन वा प्राकृतिक जीवहरूको संरक्षण वावातावरण सन्तुलनका निम्ति प्राकृतिक वा मानवनिर्मित क्षेत्र नै उद्यान हो । उद्यानका अन्तर्वस्तुभित्र घाँस, मैदान, वनस्पति, चट्टान, झरना, खेलमैदान, स्मारकजस्ता कुराहरू पर्छन् । नेपालमा सम्वत् १९७६ तिर केशर श म्शेरले काठमाडौंमा उद्यान बनाएका थिए ।

उक्त उद्यानलाई अहिले स्वप्न बगैँचाका रूपमा चिनिन्छ । नेपाल सरकारको शिक्षा तथा प्रविधि मन्त्रालय अन्तर्गत स्वप्न बगैँचा विकास समिति नामक स्वायत्त निकायले सञ्चालन गर्दै आइरहेको छ । (वरिष्ठ कानुनविद् तथा प्रशासन विज्ञ काशीनाथ दाहालका अनुसार) सम्वत् १५७५ मा तत्कालीन सेनवंशीय राजा मणिमुकुन्द सेनले बुटवल क्षेत्रमा शीतकालीन दरवार बनाएका थिए । सो दरवार वरिपरि बगैँचा बनाइएको थियो ।

उक्त बगैँचाको विकसित रूप नै आजको फूलवारी (मणिमुकुन्द सेनपार्क) लाई मान्न सकिन्छ । सम्भवत यो नै नेपालको पहिलो उद्यान हुन सक्छ । नेपालमा सम्वत् १९७३ मा बनाइएको चितवन राष्ट्रिय निकुञ्ज नै सरकारीस्तरको पहिलो उद्यान मानिन्छ । जसलाई १९८४ मा विश्वसम्पदा सूचिमा सूचीकृत गरिएको थियो ।

अमेरिकामा सन् १८७० ताका एल्लोस्टोन उद्यान बनेको भेटिन्छ । तर सन् १८७५ मा बनेको Mackinac Island लाई सरकारी अभिलेखीकरण गरिएको पहिलो उद्यान मान्ने गरिन्छ । संसारकै सबभन्दा ठूलो उद्यान डेनमार्कको Northest Green Land National Park-1974 (जो ९२ वर्गकिमी क्षेत्रमा फैलिएको छ ।) लाई मानिन्छ ।

नेपाल सरकारले जारी गरेको उद्यान विकास तथा व्यवस्थापनकार्यविधि २०७५ का अनुसार प्राकृतिक एवम् पर्यावरणीय उद्यान, सांस्कृतिक एवम् ऐतिहासिक उद्यान, वनस्पति उद्यान, बाल उद्यान, विज्ञान तथा सूचना प्रविधि उद्यान र औद्योगिक उद्यान गरी वर्गीकरण गरिएका छन् । उद्देश्यका आधारमा,स्वरूपका आधारमा, प्रयोगका आधारमा, क्षेत्रगत आधारमा, व्यवस्थापनका आधारमा र विषयगत थिमका आधारमा पनि उद्यानलाई वर्गीकरण गरिएको पाइन्छ ।

उद्यानलाई उद्यानजस्तै बनाउनका लागि, सडकको पहुँच, पानीको उचित प्रवन्ध, सरसफाई, बिजुली, शौचालयको उत्तम व्यवस्था, शान्तिसुरक्षा, विश्रामस्थल, स्तनपान कक्ष, प्राथमिक उपचार कक्ष, सूचनाबोर्ड, टूरगाइड(पथप्रदर्शक), पुस्तकालय वा वाचनालय, पार्किङ्ग स्थल र वाइफाइ जोन आदिको आवश्यकता देखिन्छन् । नाम चलेका केही उद्यानहरूमा यी आधारभूत पक्षहरू फेला पार्न सकिन्छन् ।

अनुभव, अवलोकन, छलफल र अन्तक्र्रियाका आधारमा उद्यानका विविध समस्या र चुनौतीहरू वर्तमानमा भेटिएका छन् । समस्याहरू देखिन्छन्, प्रकट हुन्छन् । र, अघिअघि लागेका हुन्छन् । तर, तिनीहरूलाई समाधान गर्ने अनेक विकल्प र बाटाहरू हुन्छन् ।

समाधान लुकेका हुन्छन् तर समस्याका पछिपछि लागेका हुन्छन् । उद्यान सञ्चालन र व्यवस्थापन सम्बन्धि ऐन, कानुनको अभाव छ । उद्यानको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा तीनै तहको सरकारको बुझाइ र सहयोगको अभाव छर्लङ्गै देख्न सकिन्छ । यसका सरोकारवाला निकायहरूसँगको समन्वय, सहकार्यमा कमजोर स्थिति देखिन्छ । आन्तरिक एवम् बाह्य द्वन्द्वात्मक अवस्थान देखिएको होइन ।

उद्यान व्यवस्थापन र सञ्चालनमा कमजोर अवस्था भोगिएकै कुरा हुन् । सरकारी लगानी कमजोर छ । उद्यान सम्बन्धि जानकार एवम् दक्ष जनशक्तिको समस्या नौलो भोगाई होइन । आवश्यक प्रचार प्रसारको अभाव र मनोरञ्जन करमा समस्या र चुनौती प्रशस्तै भेटिएका छन् ।

समस्या र चुनौतीहरूलाई समाधान गर्न उद्यान एक्लैले सक्दैन । यसका लागि उद्यानहरूको एकीकृत स्वरूप, महासंघको खाँचो आजको आवश्यकता हो । सरकारी निकायहरू तथा गैरसरकारी संघ– संस्थाहरूको हातेमालोमा समस्या र चुनौतीहरूबाट पार पाउन सम्भव नभएको हैन ।

त्यसका लागि पहल, प्रयास र प्रयत्नको जरुरी देखिन्छ । समन्वय, सहकार्य, सहयात्रा अपरिहार्य हुन्छ । त्यसका लागि सक्षम र सुदृढ महासंघको टड्कारो खाँचो छ । उद्यान सम्बन्धि ऐन, कानुन निर्माण र योजनावद्ध उद्यानको विकासमा जोड दिनुपर्छ । प्राथमिकताका आधारमा उद्यानको विविधिकरण एवम् विशिष्टिकरण गर्दै सरोकारवालाहरूसँगको सहकार्यमा जोड दिनु आवश्यक छ ।

आर्थिक–सामाजिक पाटोमा जोडेर व्यापक प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । दक्ष जनशक्ति निर्माण र आपूर्ति व्यवस्थापनमा ध्यान दिन सकिएमा हामीले खोजेको उद्यान प्राप्त गर्न कुनै समस्या झेल्नुपर्ने छैन ।

समृद्धिका सूचाङ्कहरूमध्ये आर्थिक पाटोलाई प्राथमिकतामा राखिएको धेरै देखिन्छ । सुदृढ र सम्पन्न उद्यानहरूले राज्यलाई तोकिएको कर बुझाएका छन् । रोजगारी दिएका छन् । आर्थिक समृद्धिका माध्यमले आत्मनिर्भर उद्यानका रूपमा परिचित भएका छन् ।

यतिमात्र होइन–सामाजिक, सांस्कृतिक, पुरातात्विक समृद्धिका लागि समेत उद्यानले अविचलित गतिशीलता लिनुपर्ने देखिन्छ । विविध पक्षका खोज, अध्ययन, अनुसन्धान र प्राप्तिका निम्ति एउटा गतिलो माध्यम वा थलोका रूपमा उद्यान हुन सक्छ । त्यसक लागि २०८२ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको नेपाल उद्यान महासङ्घले नेपालभरिका उद्यानहरूसँग हातेमालो गरी नमुना र उत्कृष्ट उद्यान बनाउन नौलो र एकीकृत अभियान थालेको छ ।

जो आफैमा प्रशंसनीय छ । २०८० को जेठ ६ र ७ गते बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन गरी तदर्थ समितिको गठनसँगै विधान लेखन, महासंघ दर्ता गर्ने काम सम्पन्न भएका छन् । त्यतिमात्र होइन, औपचारिक दर्तापछि पत्रकार सम्मेलन गरी देशव्यापी रूपमा प्रचारप्रसार गर्ने काम सम्पन्न भएको छ ।

यतिबेला महासङ्घले प्रथम अधिवेशन गर्ने अभियान थालेको छ । सोही अवसरमा देशभरिका उद्यानहरूलाई सूचना प्रवाहका लागि पत्राचार गरेको छ । अधिवेशनका अवसरमा स्मारिका प्रकाशनको काम थालेको छ । विशिष्ट व्यक्तित्वहरूलाई अधिवेशनमा निमन्त्रणा गरेको छ ।

अधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सार्थक भूमिका निर्वाह गरिरहेको छ । उद्यानका छाता संगठनको रूपमा उभ्याउनका लागि नेपाल उद्यान महासङ्घले सक्दो पहल गरेकै छ । उद्यानलाई समृद्धिको आधार प्रमाणित गर्न महासंघ अथकयात्रामा सरिक भएको छ । उद्यानमार्फत् देशको आर्थिक, सामाजिक, पुरातात्विक, शैक्षिक एवम् प्राविधिक समृद्धिका बाटा खोज्ने काम भइरहेका छन् । यसलाई सुखद् पक्ष मान्न सकिन्छ ।

नयाँ उद्यानहरू निर्माण गर्न पहल गर्ने, भएका उद्यानहरूको स्तरोन्नतिमा सक्दो सहयोग पुराउने र उद्यानहरूलाई विधिसम्मत् सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक ऐन, कानुन र कार्यविधिहरू निर्माण गर्न सरकारलाई अनुरोध र सहयोग आजको आवश्यकता हो ।

त्यसका निम्ति महासङ्घले लुम्बिनी प्रदेश सरकारसँग पैरवी थालेको छ । यसलाई परिणामको एउटा उत्कृष्ट पाइला मान्न सकिन्छ । उद्यानहरूका साझा चौपारीका रूपमा आफूलाई उभ्याउनका लागि नेपाल उद्यान महासङ्घले भविष्यमा थप समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने छ ।

नेतृत्वकारी पहलकदमी आवश्यकता देखिएको छ । सबै उद्यानहरूलाई एउटै धागोमा उनेर नेपाल उद्यान महासंघ सिङ्गो मालाको रूपमा स्थापित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?