ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

आर्थिक प्रभावमा जेलिएको विश्वव्यापी समाज !

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

संसार एकदम जोडिँदै छ । नजिकिँदै छ । छोट्टिँदै छ । तुरुन्तै प्राप्तमा छ । एक्कै छिनमा छ ।

ग्लोबल भिलेजको रूपमा विश्व २१ औँ शताब्दीको यात्रा गरिरहँदा चरम विश्वव्यापीकरण झ्याङमा बेरिएको विश्व समाज आत्मगत र वस्तुगत दुवै ढङ्गले साँगुरिँदै गएकोमा दुई मत नहोला । सर्वपक्षीय ढङ्गबाट समाज विश्वव्यापीकरणको तीव्रतामा हुइँकिएको छ ।

वस्तुगत रूपमा विश्वव्यापी समाज भनेको आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक,प्राविधिक आदी जस्ता संस्थाहरूको जगमा राष्ट्र राज्य, व्यक्ति, समूह, सङ्घ, संस्थाहरूको अन्तरक्रिया गरेर, परस्परमा सम्बन्धित र समन्वित भएर एकीकृत र सङ्गठित ढङ्गले बन्दै गइरहेको विश्वव्यापी मानव समाजको स्वरूप बनेको छ ।

विश्वव्यापीकरणलाई संसारमा एउटै विश्व प्रणाली निर्माण गर्ने र संसार त्यही प्रणाली अन्तर्गत सञ्चालन हुने प्रक्रियाको रूपमा व्याख्या गरिन्छ । यस्तो प्रक्रिया अन्य कुराहरूबाट भन्दा पनि बेसी आर्थिक–राजनीतिक शक्ति संरचना बिचको अन्तरक्रियाबाट कायम हुँदै आएको छ र अहिले यो विश्व मानव समुदाय एउटै शक्ति संरचना बिचको अन्तरक्रियाबाट स्थापित हुँदै आएको छ ।

यो विश्व मानव समुदाय एउटै शक्ति संरचना र सम्बन्धको जालो अन्तर्गत सङ्गठित र गोलबन्द हुँदै गईरहेको छ । अव त संसारभरिको शासन प्रणाली एउटै केन्द्रबाट सञ्चालन हुनेक्रम विकास भएको छ । वास्तवमा कसरी संसारका विभिन्न समाज एउटै शासन र नियन्त्रणको स्वरूप अन्तर्गत आवद्ध हुदै गएका विश्वव्यापिकरणको सन्दर्भ निकै चासोको बिषय बन्दै आएको छ ।

विश्व स्तरको समाज र अवस्थाको निर्माण र सिर्जना एकैचोटि भएको होइन । यो एउटा ऐतिहासिक सामरिक, शक्ति संघर्ष, आर्थिक र राजनैतिक प्रक्रिया हो । उहिलेका समाजहरू विश्वव्यापि रूपमा एउटै आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक कुराहरूबाट संचालित थिएनन् ।

मानव समाजको इतिहासको विभिन्न कालखण्डमा कायम रहेका अर्थतन्त्रमा पूँजीवादी स्वरूपको उद्भव नहुँदासम्म संसारमा यस्ता थुप्रै पृथक पृथक अर्थतन्त्र, सामाजिक र सांस्कृतिक पद्दतिमा मौलिक एवं स्थानीय स्वरूपहरू थिए तर मानव जनसँख्याको वृद्धि, विज्ञान र प्रविधको भारी विकास, मानव, स्वतन्त्रमा वृद्धि, सञ्चार, सभ्यता र यस अन्तर्गत उत्पादन प्रक्रियाको विकासक्रमले बजार र मानिसको अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार गरायो ।

नाफाको लागि आर्थिक लगानी राज्यको सिमाभन्दा बाहिरका समाजमा पनि बेरोकतोक र खुल्लमखुल्ला हुन थाल्यो । परिणामस्वरूप लगानी, व्यापार र बजार विस्तारमा यस्तो पूँजीवादी स्वरूपको विकास हुन थालेपछि संसारका पृथकपृथक स्थानीय, इलाकीय, गाउँले, टोलीय, क्षेत्रीय जीविकोपाजर्नका अर्थतन्त्रका स्वरूपहरू, सांस्कृतिक स्वरूपहरू, सामाजिक सम्बन्धका स्वरूपहरू विश्वको एउटै धुरी, एउटै मोडेल, एउटै प्रणाली अन्तर्गत समन्वित र सम्मिलित हुँदै गइरहेका छन् ।

विश्वमा अव त्यस्तो कुनैपनि ठाँउ छैन कुनैपनि होस् पूँजीवादी संस्थागत प्रक्रियाको सार नै विस्तावादी खालको हुन्छ । अहिले त रेडियो, इन्टरनेट, इमल जस्ता सञ्चार, उत्पादन, व्यापार, विज्ञापन आदिले संसारलाई सम्बन्धको एउटै घेराभित्र ल्याइदिएको छ ।

पूँजीवादी उत्पादन र व्यापारको प्रादुर्भावसँग विश्वका थुप्रै–थुप्रै राष्ट्र, राज्य समुदाय, परिवार, धर्म, समूह, वर्ग, जात, जातीहरू एउटै आर्थिक मोडेलमा रूपान्तर हुने प्रक्रिया चलिरहेको छ । यहि प्रक्रिया अन्तर्गत संसारमा भएका थुपै्र पृथक समाज र अर्थतन्त्र एउटै विश्वव्यापी सिङ्गो अर्थतन्त्रमा समाविष्ट हुँदै गइरहेका छन् ।

वास्तवमा विश्वव्यापी रूपमा एकीकृत सिङ्गो अर्थतन्त्र र यस अन्तर्गत सँगठित सामाजिक सांस्कृतिक संरचना नै अहिले सञ्चालन भैरहेको विश्वस्तरको समाज मान्न सकिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सँगठनको आधारमा भैरहेको वैश्विकरणको ऐतिहासिक प्रक्रियाको सन्दर्भमा हाम्रो समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिविन्दु पनि खासमा यही नै भेटिन्छ ।

यस्तो विश्व समाजको आधार विश्व स्तरको पूँजीवादी आर्थिक–राजनीतिक प्रणाली हो । यही विश्वव्यापी आर्थिक र राजनीतिक प्रक्रियाबाट सम्पूर्ण विश्व र यस भित्र पृथक पृथक अस्तित्वमा रहेका राष्ट्र गाउँ, टोल, समुदाय र आर्थिक ईकाईहरू एउटै नियममा आवद्ध हुँदै गइरहेका छन् ।

वास्तवमा अहिलेको विश्वले सामाजिक, सांस्कृतिक राजनीतिक, आर्थिक प्राविधिक आधारमा एउटै संगठनको रूप लिँदै गइरहेको छ । यति हुँदा पनि यसको एक प्रमुख आधार भनेको उत्पादन व्यापार र बजार विस्तारको प्रक्रिया हो ।

वास्तवमा एनजीओ, आइएनजीओ, रोजगार, यातायात, भ्रमण, बसाई, सराई, विभिन्न संघसंस्था भनेका त तपशिलका कुराहरू मात्र हुन् । यी सवै आर्थिक स्वार्थ र प्रक्रियाहरूसँग गाँसिएर आएका कुराहरू हुन् । वास्तवमा विश्व समाज अरू केही नभएर आर्थिक उत्पादन र यसको ऐतिहासिक विस्तार प्रक्रियाको परिणाम हो ।

यस्तो ऐतिहासिक विस्तार प्रक्रियाको पछाडि निकै लामो समयको कालक्रमिक अवधि रहेको छ । समाज विकासको यस्तो प्रक्रियामा विभिनन चरणहरू रहेको पाईन्छ । अहिलेको वैश्विक स्तरको समाज निर्माण हुने क्रममा शुरुवातको आदिम–जंगली समाजदेखि सामन्ती, पूँजीवादी समाजको विकास भएर विश्वव्यापि समाजको निर्माण हुदै आएकोमा दुई मत छैन ।

आदिम–जंगली समाजमा व्यापार र विनियमको अस्तित्व थिएन । दास सामन्तवादी अर्थतन्त्र पनि व्यापार, विनियम, नाफा, बजार जस्ता मान्यताहरूमा आधारित हुँदैन । यो समाजमा विनिमय त हुन्छ तर यसले ठूलो क्षेत्र ओगट्दैन् ।

यस अन्तर्गत पृथक पृथक समाज, अर्थतन्त्र, साँस्कृति हुनेगर्दछ । विनिमय गार्हस्थ्य आवश्यकता पुरा गर्ने खालको मात्र हुन्छ । यसको लागि ठूलो क्षेत्र ओगट्नु पर्ने आवश्यकता पनि हुँदैन किनकि यो समाज तथा अर्थतन्त्र नाफाको लागि हुने व्यापारमा आधारित नै होइन । यस्तो समाजको विनिमय त गार्हस्थ्य आवश्यकता पुरा गर्न र त्यसमा पनि एउटा सानो ईलाकामा मात्र सीमित हुन्छ ।

त्यसैले यसले विश्वव्यापी रूप लिने कुरै भएन र यस अन्तर्गत विश्वस्तरको समाज बन्ने प्रक्रिया पनि हुँदैन । विश्व समाज व्यवस्था सिर्जनाको लागि त पूँजीवादी उत्पादन प्रणालीको आवश्यकता पर्दछ । यो नाफामुलक बजार, व्यापारमुखी उत्पादन र नितान्त निजी विनिमय प्रक्रिया आधारित हुन्छ । यसको सम्पूर्ण आर्थिक संरचना लगान, उत्पादन, व्यापार, नाफा र एकाधिकार बजार विस्तार, निजी विनिमयको चक्रमा घुम्दछ ।

यही नै खासमा पुँजीवादी अर्थतन्त्र हो । यही पूँजीवादी उत्पादन स्वरूपको प्रादुर्भावसँग विश्व समाज निर्माण हुने क्रम शुरुभएको देखिन्छ । पूँजीवादी उत्पादन र व्यापारबाट विश्वको समाजको निर्माण हुने क्रम पनि एकैचोटी भएको पाइदैन ।

यसले पनि तीनवटा सँस्थागत श्रृङखला पार गरेको त्यस्ता सँस्थागत श्रङखलाहरूमा लामोदुरिबाट गरिने मर्केन्टाइल व्यापार, प्रतिस्पर्धात्मक उत्पादन र व्यापार विस्तार र यसबाट सिर्जना हुने विश्वव्यापि उत्पादन र व्यापारमा एकाधिकार पर्दछन् ।

सामान्य कुरा के छ भने मानव समाज सामन्तवादी युगबाट पूँजीवादी युगमा विकास हुँदैआएको छ । यस क्रममा समाजमा गार्हस्थ्य अर्थतन्त्रले व्यापार, विकास र विस्तारको रूप लिँदै आयो । फलस्वरूप व्यापारका अन्तर्राष्ट्रिय केन्द्रहरू समेत विस्तार हुँदै आए । पूँजीवादी समाज त व्यापक क्षेत्रको विनिमयमा आधारित हुने व्यवस्था न हो । यसको ध्यय अन्त्यहिन नाफा एकत्रिकरण गर्ने हुन्छ ।

यो विश्वव्यापी रूपमा व्यापार, नाफा र पूँजी एकत्रीकरण गर्ने कुरासँगमात्र सम्बन्धित हुन्छ। यस्तो नाफा एकत्रिकरण गर्ने प्रक्रिया कुनै देश, समाज, टोल, समुदाय, परिवार, समूहमा मात्र सीमित रहदैन् । यो जहाँ जसरी पनि फैलने गर्दछ ।

पूँजीवादी समाजमा नाफा नै समस्त आर्थिक सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक क्रियाकलापको प्रमुख आधार हो । यस समाजमा नाफा नै सम्पूर्ण उत्पादन क्रियाकलापको उद्दिपक तथा मेरुदण्ड हुनेगर्दछ । नाफा नै यसको प्रमुख ध्यय र उद्देश्य हुन्छ ।

यस्तो ध्यय पूरा गर्न उत्पादन चक्रको गतिलाई उच्च र बजार र विश्वव्यापी माग अनुरूपको वस्तु उत्पादन गरिन्छ । वस्तु उत्पादनको ध्यय नाफा गर्ने भएपछि वस्तु बिक्रि गरी नाफा हात पार्न बजारको आवश्यकता पर्दछ । बजार पनि एक ठाउँमा मात्र सीमित रहने कुरा नै होइन ।

उत्पादकले उत्पादन–व्यापार–बजार विस्तार–लगानी–नाफा जस्ता कुरालाई तीव्र र व्यापक ढङ्गले सञ्चालन गर्न चाहन्छ । एक ठाउँको बजारमा आफ्नो वस्तुले भरिपूर्ण भई माग सिद्धिएको खण्डमा उसले अर्को बजार जहाँ जसरी भएपनि खोज्दछ वा विस्तार गर्दछ ।

जब एक ठाउँको वस्तु संसारको सवै ठाँउमा पुग्ने प्रक्रिया सुरु हुन्छ तब संसारका सवै समाज, समुदाय, टोल एउटै अर्थतन्त्रमा बाधिने प्रक्रियाको जन्म हुन्छ । नाफा खानको लागि मात्र सञ्चालन हुने पुँजीवादी आथिक उत्पादनको स्वरूप जहाँ जसरी पनि चलखेल गर्ने भएकोले यसको लागि चाहिने श्रम पनि जहाँ जसरी पनि जान सक्ने हुनुपर्दो रहेछ र बनाउनुपर्दछ । यस हिसावले यस व्यवस्थामा श्रम र श्रमिक स्वतन्त्र हुन्छ ।

उसले आफ्नो श्रम जहाँको जुन पूँजीपतिकोमा बेच्न चाहन्छ त्यहीँ बेच्छ । यस अर्थमा श्रम पनि गतिशील हुनैपर्दछ । श्रमले जहाँ पनि चलखेल गर्नसक्ने हुनैपर्दछ । जसरी पूँजीवादी उत्पादन व्यवस्थाले संसारभर आफ्नो प्रभाव फैलाउन नाफा र बजारका लागि राज्य सीमाना तोड्दछ, ठीक त्यसैगरी श्रम र वर्गीय संरचनाले पनि विश्वव्यापी रूप लिनपुग्दछ ।

नेपालबाट लाखौंको संख्यामा विदेशिएको मानव श्रमलाई यस प्रक्रियाको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । यहाँ नेपाली श्रमले पनि विश्वव्यापी समाज निर्माण गर्नमा अहंम् भूमिका निर्वाह गरेको छ भन्दा तार्किक नै हुन्छ ।

आर्थिक उत्पादनको आधारमा विश्व समाजको जन्म हुन्छ । यसरी जब उत्पादन, व्यापार, विनिमय र श्रमको आधारमा संसारमा विभिन्न राष्ट्र, टोल, गाउँ, समुदाय, विभिन्न सांस्कृतिक समूह एक आपसमा अन्तरसम्बन्धित हुन पुग्दछन् तब विश्व समाजको जन्म हुन्छ ।

यहि प्रक्रियाबाट वास्तवमा एकल रूपको सिङ्गो विश्वव्यापी सामाजिक संसार खडा हुनपुगेका यथार्थ हाम्रो सामु छ । अहिले भईरहेको विश्व पूँजीवादी अर्थतन्त्र र यसकै आधारमा पुनःसंरचित विश्वव्यापि समाजको स्वरूप र चरित्रले निकै काँचुली फेरेको छ ।

यसै परिप्रेक्ष्यमा विश्व व्यापीकरण समाजमा नयाँ आयम ल्याउने प्रमुख भूमिका पुंजीवादी अर्थतन्त्रको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?