Butwal Today

लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार मतदाता थपिए, १६७१ मतदानस्थल कायम

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा एक लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका हुन्।

लुम्बिनी प्रदेशमा यसअघि ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछि १ लाख ३७ हजार ४३ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिए। यो सँगै लुम्बिनी प्रदेशमा मतदाताको संख्या ३३ लाख ८६ हजार ६८० जना पुगेको छ।

निर्वाचन कार्यालयका सूचना अधिकारी कवँरका अनुसार लुम्बिनीमा १७ लाख १५ हजार १६३ जना पुरूष, १६ लाख ७१ हजार ४७९ जना महिला र ३८ जना अन्य (पुरुष र महिला भनि उल्लेख नगरेका) मतदाता छन्।

लुम्बिनीका १२ जिल्लामा मध्ये सबैभन्दा धेरै रुपन्देहीमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्। जसमध्ये ३ लाख ४६ हजार २०३ जना पुरूष मतदाता र ३ लाख २६ हजार ३११ जना महिला मतदाता हुन्।

दोस्रोमा दाङमा २ लाख १३ हजार ३०० पुरूष, २ लाख १ हजार ३०३ जना महिला र ३ जना अन्य समुदायका गरी ४ लाख ३१ हजार ६०६ जना मतदाता पुगेका छन्।

मतदाताका आधारमा बाँके तेस्रो नम्बरमा छ। यहाँ १ लाख ७ हजार १३९ जना पुरूष, १ लाख ७२ हजार २२३ जना महिलाका र ९ जना अन्य गरी कुल ३ लाख ५० हजार ३७१ जना मतदाता पुगेका छन्।

बर्दियामा १ लाख ५९ हजार ३८७ जना पुरूष, १ लाख ६३ हजार ८७३ जना महिला र ६ जना अन्य गरी कुल ३ लाख २३ हजार २६६ जना मतदाता पुगेका छन्।

त्यस्तै, कपिलवस्तुमा २ लाख ११ हजार ८४६ जना पुरूष, १ लाख ८४ हजार ४१५ जना महिला र ४ जना अन्य गरी कुल ३ लाख ९६ हजार २६५ जना मतदाता छन्।

नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा १ लाख २९ हजार १८३ जना पुरूष, १ लाख २४ हजार ९७० महिला र ४ जना अन्य गरी कुल २ लाख ५४ हजार १५७ जना मतदाता पुगेका छन्।

गुल्मीमा १ लाख १४ हजार ३३७ जना पुरूष, १ लाख १५ हजार २१० जना महिला र २ जना अन्य गरी कुल २ लाख २९ हजार ५४९ जना मतदाता पुगेका छन्।

त्यसपछि पाल्पामा १ लाख १ हजार ८९३ जना पुरूष र १ लाख ५ हजार ५४३ जना महिला गरी कुल २ लाख ७ हजार ४३६ जना मतदाता छन्। अर्घाखाँचीमा ८७ हजार १ सय ५७ जना पुरूष र ८४ हजार ४९५ महिला गरी कुल १ लाख ७१ हजार ६५२ जना मतदाता पुगेका छन्।

त्यस्तै प्युठानमा ८१ हजार ३६६ जना पुरूष, ८४ हजार ३९ जना महिला र १ जना अन्य गरी कुल १ लाख ६५ हजार ४०६ जना मतदाता पुगेका छन्। रोल्पामा ७४ हजार ६९० जना पुरूष र ७४ हजार ९०७ जना महिला गरी कुल १ लाख ४९ हजार ५९७ जना मतदाता छन्।

प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा सबै भन्दा कम मतदाता छन्। जहाँ पुरूष तर्फ १७ हजार ५८२ जना र १७ हजार १९० जना महिला गरी कुल ३४ हजार ७७२ जना मतदाता छन्।

आगामी फागुन २१ को निर्वाचनका लागि प्रदेशमा १६७१ मतदानस्थल र ३९९८ मतदान केन्द्र तोकिएका छन्।

सबैभन्दा धेरै कपिलवस्तुमा मतदानस्थल २३५ वटा र ४९० वटा मतदान केन्द्र, रूपन्देहीमा २०९ वटा मतदानस्थल र ७३२ वटा मतदान केन्द्र तोकिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवँरले बताए।

त्यसपछि दाङमा १५९ वटा मतदानस्थल र ४०२ वटा मतदान केन्द्र, प्युठानमा १०५ वटा मतदानस्थल र २३० वटा मतदान केन्द्र तोकिएका छन्।

बाँकेमा १३९ वटा मतदानस्थल र ४०० वटा मतदान केन्द्र तोकिएका छन्। बर्दियामा १५४ वटा मतदानस्थल र ३०७ वटा मतदान केन्द्र तोकिएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १२२ मतदानस्थल र २९७ वटा मतदान केन्द्र तोकिएका छन्। गुल्मीमा १४५ वटा मतदानस्थल र २८४ वटा मतदान केन्द्र तोकिएका छन्।

पाल्पामा १०१ वटा मतदानस्थल र २५१ वटा मतदान केन्द्र तोकिएका छन्। अर्घाखाँचीमा १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्र तोकिएका छन्। त्यस्तै रोल्पामा ८६ वटा मतदानस्थल र १८० वटा मतदान केन्द्र तोकिएका छन्। रूकुम पूर्वमा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र तोकिएको सूचना अधिकारी कुँवरले बताए।

२०७९ को संसदीय निर्वाचनका क्रममा यो प्रदेशमा १६४९ मतदानस्थल कायम गरिएको थियो भने ३८६१ मतदान केन्द्रहरू स्थापना गरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?