ट्रेंडिंग:

>> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको २७ औं साधारणसभा

१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

बुटवल । सेतो गुराँस बालविकास सेवा रुपन्देहीको २७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ।

प्रारम्भिक बालविकाससँगै पोषण, स्वास्थ्य, शिक्षा, कृषि तथा सरसफाइ क्षेत्रमा क्रियाशील संस्थाले साधारणसभासँगै सामाजिक लेखा परीक्षण कार्यक्रम पनि आयोजना गरेको हो।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले सरकारसँग सहकार्य गर्दै दिगो विकास लक्ष्य पूरा गर्न सेतो गुराँसले खेलेको भूमिकाको प्रशंसा गर्दै, सीमान्तकृत समुदाय लक्षित परियोजनालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।

कार्यक्रमका नेपाल सरकारकी सचिव निर्मला अधिकारी भट्टराईले जनसरोकारका विषयमा निरन्तर पैरवी गर्दै जीवनोपयोगी शिक्षा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। उनले २७ वर्षअघि महिला तथा बालबालिकाको उत्थानका लागि स्थापना भएको सेतो गुराँस आज सशक्त संस्थाको रूपमा स्थापित भएको उल्लेख गरिन्।

विद्युत् नियमन आयोगका सदस्य मधुसुधन अधिकारीले सेतो गुराँसका सामाजिक सशक्तिकरण कार्यक्रम अनुकरणीय रहेको बताउँदै संस्थागत दिगोपनामा ध्यान दिन आग्रह गरे।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सेतो गुराँसले सरकारी दायित्वअनुसार काम गरिरहेको उल्लेख गर्दै उपमहानगरपालिकाले सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पोषणमार्फत जीवन रूपान्तरण तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना उपलब्धिमूलक भएको बताउँदै यसको निरन्तरताका लागि पालिका प्रतिबद्ध रहेको जानकारी दिए।

कार्यक्रममा साझेदार संस्था किडाशाका एसोसिएट डाइरेक्टर कृपासुर निरौलाले सेतो गुराँससँगको सहकार्य प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि साझेदारी निरन्तर रहने उल्लेख गरे।

साधारणसभामा संस्थाकी अध्यक्ष ओमीकला गाहा पुनले बालविकास रणनीति निर्माणमा संस्थाको योगदानबारे जानकारी गराएकी थिइन्। कार्यकारी निर्देशक सुमित्रा शर्माले हाल विभिन्न साझेदार संस्थासँगको सहकार्यमा रुपन्देहीका १६ वटै पालिकामा ६ परियोजना सञ्चालन भइरहेको बताइन्।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। यसैबीच अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा उमा भण्डारी, उपाध्यक्षमा मञ्जु श्रेष्ठ, सचिवमा गोमती सुनार गहतराज र कोषाध्यक्षमा रमा थापा चयन भएका छन्। सदस्यहरूमा कमल न्यौपाने, मनिष पौडेल, कल्पना थापा मगर, ज्योती यादव र जै कुमारी थापा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?