ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुले मनायो स्थापना दिवस

१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

कपिलवस्तु-कपिलवस्तु स्थित सशस्त्र प्रहरी बल नम्बर २८ गण हेड क्वाटर बर्मेलीको १९ औं स्थापना दिवस मनाइएको छ । सशस्त्र प्रहरी वल नेपाल, नम्बर २८ हेड क्वाटर कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीले गण परिसरमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवँरले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताए । उनले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए ।

विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरी वलको माग देशभर भइरहेको उनको भनाइ छ । यसका साथै सशस्त्र प्रहरीको भूमिकाले राजश्वमा समेत योगदान बढेको डीआईजी कुवँरले जानकारी दिए । निकट समिपमा आएको प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सुरक्षा संयन्त्र तदारुकताका साथ लागि पर्नुपर्नेमा समेत उनको जोड थियो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विपद, सीमा रक्षालगायतमा सशस्त्र प्रहरी वलको भूमिका उल्लेखनीय भएको चर्चा गरे । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले कठिन परिस्थतिमा स्थापना भएको सशस्त्र प्रहरी बलले हरेक कठिन अवस्थालाई सहजतालाई बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै आगामी दिनमा थप कर्मशील र इमान्दार बन्न सुझाव दिए ।

२०६४ साल पुष १५ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवा स्थित नेपाल कृषि सामग्री संस्थानको पुरानो गोदामबाट कार्य सञ्चालन गरिएको थियो ।

स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ३०० मिटर दौड प्रतियोगिता, मठ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम सञ्चालन गरिएका थिए । सोही अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजेताहरूलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?