ट्रेंडिंग:

>> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर

४ सय वर्षदेखि अविचलित सिंचाई प्रणाली: अर्गलीको कुलो आज पनि नमुना

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

पाल्पा ।

तानसेन नगरपालिका–अन्तर्गत अर्गली गाउँ आफ्नो भौगोलिक परिचय मात्र होइन, ४ सय वर्षदेखि निरन्तर रूपमा चलिरहेको परम्परागत कुलो (नहर) प्रणालीका कारण देश–विदेशमा विशिष्ट पहिचान बनाइरहेको छ। आधुनिक युगमा समेत वैज्ञानिकरूपमा प्रभावकारी रहेको यो कुलोपद्धतिलाई अध्ययन–अवलोकन गर्न देशभरका उत्कृष्ट कृषकदेखि विदेशी प्राविधिक टोलीसम्म आउने गरेका छन्।

स्थानिय कृषक कृष्णप्रसाद पराजुलीका अनुसार सेनकालीन शासनमा निर्मित यस कुलो प्रणालीले अर्गलीलाई अन्य गाउँभन्दा अलग पहिचान दिएको छ। “कुलोले मात्रै सिंचाइ दिएको होइन, यसले सामाजिक सद्भाव, श्रम संस्कृति र अनुशासनको अद्वितीय उदाहरण स्थापित गरेको छ,” स्थानिय श्रीधर भट्टराई बताउँछन्।

इतिहासकारका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेन (१५७५–१६००) को शासनकालमा भैरवस्थान नजिकको ‘सिलाथोक डाँडा’ दरबार क्षेत्र थियो। एक अवसरमा राजा स्नान गर्न रिडी पुगेका बेला चतुर्वाही विष्णुको प्रतिमा भेटिएपछि त्यही स्थानमा मन्दिर निर्माण गरियो। मन्दिरमा नित्य पूजा गर्न चाहिने अक्षताको स्रोतका रूपमा धान उत्पादन आवश्यक परेपछि अर्गलीको जमिन छनोट गरियो।

तर अर्गलीमा सिंचाइका सुविधा नहुँदा राजा मणिमुकुन्द सेनले स्थानीय श्रम तथा सीप प्रयोग गरेर कुलो निर्माण गराएका थिए। यही कुलोबाट सुरु भएको पानी वितरण प्रणाली ४ सय वर्ष बिते पनि अझै वैज्ञानिक, न्यायोचित र प्रभावकारी छ। यही विशेषताका कारण अहिले पनि विदेशी कृषि प्राविधिकहरू अध्ययनका लागि पुग्ने गर्छन्।

जोर्तेबाट ३ किलोमिटर टाढासम्म पानी ल्याइने कुलो बनाउन करिब १ सय १४ स्थानमा प्वाल पारेर भित्रको माटो निकालिएको थियो। इतिहासकारका अनुसार कुलो निर्माणमा आग्री जातिका कुशल श्रमिक प्रयोग भएका थिए।

अहिले अर्गलीमा ४ सय परिवार प्रत्यक्ष रूपमा यस कुलोबाट लाभान्वित छन्। माग बढेसँगै समयक्रममा जेठी, माइली, साहिली र कान्छी नामक चारवटा कुलो थप निर्माण गरियो।

कुलोबाट सिंचाइ हुने २ किलो ‘फाँट’ क्षेत्र आज पनि वर्षभर हरियाली देखिन्छ। खेतको क्षेत्रफलअनुसार श्रमदानको व्यवस्था छ—४० मुरी धान उत्पादन हुने जमिनका मालिकले १ जनाले श्रमदान गर्नुपर्छ।

कुलोमा ‘साँचो’ राखेर पानी वितरण हुने भएकाले भेदभाव रहित, पारदर्शी र वैज्ञानिक पद्धति कायम रहन्छ। स्थानीयको भनाइअनुसार कुलोको एक छेउबाट अर्कोतिर समान रूपमा सिंचाइ हुने प्रणाली नेपालमै अद्वितीय मानिन्छ।

अर्गलीलाई जिल्ला कै उर्वर भूमि मानिन्छ। खाद्यान्न, तरकारी, दलहन तथा तेलहनका प्रचुर सम्भावना रहे पनि अधिकांश कृषक निर्वाहमुखी खेतीमा सीमित छन्। प्रदेश सरकारले व्यवसायिक कृषि प्रवर्द्धनका लागि स्पष्ट नीति नबनाउँदा सम्भावना उपयोग हुन नसकेको स्थानीय कर्णबहादुर रानाको भनाइ छ।

अर्गलीमा उन्नत जातका लिची र आप उत्पादनको उच्च सम्भावना भए पनि तीन तहका सरकारबाट समन्वित नीति नआएको कारण कृषक व्यवसायीक बनाउन कठिनाइ भएको उनीहरू बताउँछन्।

हालका वर्षमा सडक सञ्जाल र कालीगण्डकी करिडोर विस्तारसँगै अर्गलीका डाँडा–डाँडाका बासिन्दा तल झरेपछि खेतमा बस्ती बस्ने क्रम बढेको छ। यसले खेती योग्य जमिन घट्दै गएको र कुलोबाट सिंचाइ हुने क्षेत्र पनि सीमित हुँदै गएको स्थानीयको गुनासो छ।

लामो इतिहास, सामूहिक श्रम संस्कार, वैज्ञानिक पानी वितरण र हरियाली खेतीका कारण अर्गली नेपालकै नमुना कृषि गाउँका रूपमा चिनिँदै आएको छ। परम्परागत ज्ञान र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै आधुनिक कृषि प्रणाली जोड्न सके अर्गलीलाई कृषि–पर्यटनका उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानियको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?