ट्रेंडिंग:

>> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा

सामाजिक सञ्जालको संसारः प्रभाव र जिम्मेवार प्रयोग

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

हाल विश्वमा समाजिक सञ्जाल सबै व्यक्तिहरूको जीवनको अभिन्न अङ्ग बनेको छ । ढुङ्गे युगदेखि चिठीपत्र, फोनकल हुँदै आजको फेस टु फेस संसारसम्म आउन सामाजिक सञ्जालकै भूमिका मूख्य छ ।

बालकदेखि वृद्धसम्म सबैले कुनै न कुनै रूपमा कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्दै आइरहेका छन् । विभिन्न किसिमका सूचना, संवाद, टेक्स्ट, चित्र, भिडियो तथा फाइलहरू एक आपसमा साझा गर्न मिल्ने र सोही प्लेटफर्मको प्रयोगद्वारा अडियो हुँदै फेस टु फेससम्म आफ्ना सूचनालाई अन्तरक्रियात्मक रूपमा एक अर्कामा साझा गर्न सकिने माध्यमहरू नै सामाजिक सञ्जाल हुन् ।

जहाँ दूरीबाट टाढा भइकन पनि एउटै बन्धनभित्र रहे जस्तो महसुस गर्न सकिन्छ । एक रिपोर्टका अनुसार विश्व जनसंख्याको करिब ४० प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ ।

‘हुटसुइट’ र ‘वि आर सोसल’ ले संयुक्तरूपमा तयार पारेको ‘दि नेक्स्ट् वेभ’ नामक अनलाइनले प्रकाशित गरेको सो रिपोर्टले हालको विश्व जनसंख्या ७.५२४ बिलियन (आँकलन गरिएको) मध्ये ३.०२८ बिलियनले सामाजिक सञ्जालहरूको प्रयोग गर्ने जनाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालहरूमा सबैभन्दा धेरै सक्रिय मासिक प्रयोगकर्ता हुनेमा फेसबुकको करिब २.०४७ बिलियन, युटुबको १.५० बिलियन, ह्वाट्स्यापको र फेसबुक म्यासेन्जरको १.२० बिलियन संख्या रहेको छ ।

हालको अवस्थामा सामाजिक सञ्जालको प्रयोगले मानिसको जीवनलाई सहज र उन्नतितर्फ डोराई पनि रहेको छ भने अर्कोतर्फ सामाजिक सञ्जालले नै मानिसको जीवनलाई तहस नहस पनि बनाइरहेको छ ।

अनलाइन स्रोतहरूमा आधारित भएर निकालिएको रिपोर्टमा नेपालको कुल जनसंख्याको करिब ५०% जनसंख्याले कुनै न कुनै रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ । तर यो संख्या केही बढी पनि हुन सक्दछ ।

सकारात्मक प्रभावः
सामाजिक सञ्जालको प्रयोगले पहिलो कुरा त सूचना आदानप्रदान गर्ने तथ्यांक, आवश्यक कागजातहरू, डकुमेन्टहरू आदानप्रदान गर्ने साथै भिडियो तथा अडियोको माध्यमबाट आफ्ना विचारहरू, सीप र कलालाई विश्वभरी फैलाउने, आफ्नो व्यापार उद्योग व्यवसायलाई सामाजिक सञ्जाल मार्फत सबै सामु पु¥याउने र प्रवर्धन गर्ने जस्ता कुराहरू सजिलै हुन सक्दछन् ।

नचिनेको मानिसहरू एक आपसमा चिनिन सक्ने, सम्बन्धहरू गाँसिन सक्ने र सहजरूपमा क्रियाकलाप गर्न सकिनेसम्मको स्थिति सिर्जना हुने हुन्छ । कसैलाई ज्ञानको खोजीको लागि पनि सामाजिक सञ्जाल भरपर्दो माध्यम बन्न सक्छ तर स्रोत आधिकारिक हुनुपर्दछ ।

सामाजिक सञ्जालको प्रयोगद्वारा विभिन्न गाउँ ठाउँमा र दुरदराजमा रहेका व्यक्तिहरूले सञ्जालमै देखिएका सीपहरूको नक्कल गरेर आफूपनि त्यस्तै पेशा व्यवसायलाई अँगालेर पेशा व्यवसायबाट आफूलाई स्वावलम्बी पनि बनाएका उदाहरणहरू प्रशस्त छन् ।

आर्थिक रूपमा कमजोर मानिसहरूले आफ्नै घर ठाउँमा बसेर सञ्जालहरूको प्रयोग गरी संसारका कुना कुनाहरूमा भइरहेका विभिन्न गतिविधिहरू नियाल्ने, विभिन्न ठाउँहरूको बारेमा जानकारी लिने साथै आजकाल समाजमा व्याप्त रहेको डिजिटल टुरको अवधारणाको व्यापक प्रयोग गरी पैसा र समयको अधिक बचत गर्न सक्छन् ।

सामान्यभन्दा सामान्य कामहरू जस्तै घरको बिजुलीपानीको बिल तिर्ने, बस, प्लेनको टिकट काट्ने, होटेल बुक गर्ने, हस्पिटलमा टिकट लिने जस्ता कामहरू लाइन लाग्ने झन्झट बिना छोटो समयमै घरमै बसेर गर्न सकिने भएको छ ।

आजकाल सञ्जालको उपयोग गरेर नचिनेका व्यक्तिहरूको समेत ग्रुप निर्माण गरेी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने, अनलाइनमै अन्तरक्रियाहरू सञ्चालन गर्ने, कुनै आन्दोलनहरू गर्नको लागि छोटो समयमा एजेन्डाहरू मिति, समय र स्थान जस्ता कुराहरू तयारी गर्ने र ती आन्दोलनहरूको माध्यमबाट परिवर्तन हुन नसकेका अवधारणाहरूलाई परिवर्तन गर्ने साथै सत्तासमेत परिवर्तन हुनेसम्मका क्रान्तिकारी कदमहरू सञ्जालकै माध्यमबाट हुने गर्दछन् ।

नकारात्मक प्रभावः
सामाजिक सञ्जालको कारणले गर्दा सबैभन्दा ठूलो नकारात्मक प्रभाव युवाहरूमा परेको देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त यसले युवाहरूको सृजनशील समयलाई बर्बाद पारेको छ ।

चाहिनेभन्दा नचाहिने कन्टेन्टहरूमा धेरै समय खर्च गर्ने, गलत तथ्याङ्क हेर्ने सुन्ने र त्यही भ्रममा परी त्यही गलत तथ्यांक र समाचारहरूलाई सेयर, लाइक र कमेन्टसम्म गर्ने गर्दा अरू थप प्रयोगकर्तालाई समेत गलत कुरा सही हो भन्ने भ्रम पर्ने हुन्छ ।

भ्युज धेरै बटुल्नको लागि साथै लाइक, कमेन्ट र सेयरको लोभले गलत भन्दा गलत र समाजमा अपाच्य हुने किसिमका कन्टेन्टहरू पनि सामाजिक सञ्जालमा प्रशस्त रूपमा भेटिने गरेका छन् ।

डिजिटल फ्रड, ब्ल्याकमेलिङर ठगी जस्ता कुराहरू पनि देखिन्छन् भने अर्कोतर्फ सामाजिक सञ्जालमा हुने अन्तरक्रिया, राखिने विचार र कमेन्टहरूको कारणले एकअर्कामा विवाद, दुश्मनी सिर्जनाका साथै सम्बन्धमा खटपट, द्वन्द र कतिपय अवस्थामा हत्या र ग्लानीको कारणले आत्महत्यासमेत निम्तिने गरेको छ ।

सामाजिक सञ्जालका कन्टेन्टहरू हेरेर त्यस्तै किसिमका कन्टेन्टहरू बनाउने लोभमा कतिपयको ज्यानसम्म जाने गरेको समाचार हामीले दिनहुँजसो सुन्ने गरेका छौं । कुनै कन्टेन्ट वा समाचारको बाहिरी शीर्षक एउटा र भित्री कन्टेन अर्कैपनि हुनुले धेरै हदसम्म सामाजिक संजाल प्रतिप्रयोगकर्ताहरूको धारणा नकारात्मक बन्दै गइरहेको छ ।

सामाजिक सञ्जालले विशेषगरी पारिवारिक सम्बन्धहरूमा अहिले खटपट निम्त्याएको छ । बाहिर विदेशमा बस्ने र नेपालमा बस्ने परिवारहरूबीच सहज सम्बन्ध हुन सकेको छैन भने बनेको सम्बन्धलाई पनि सञ्जालकै कारणले टाढा बनाउनेसम्मको स्थिति सिर्जना भएको छ ।

घर परिवारमा प्रत्यक्ष अन्तरक्रिया कम हुने, कुनै परिवारका सदस्यहरू कुनै न कुनै रूपमा मोबाइल वा कम्प्यूटरमा झुम्मिने हुनाले पारिवारिक साथै सामाजिक सद्भाव र माया सम्मान जस्ता कुराहरू पनि कम हुँदै गइरहेको देख्न सकिन्छ ।

नक्कली एकाउन्टहरू सिर्जना गर्ने, नक्कली एकाउन्टहरूबाट सक्कली एकाउन्टहरूलाई धाक धम्की र ठगी जस्ता कुराहरू हामीले सुनिरहेका छौं । नक्कली एकाउन्टहरूकै कारणले सञ्जालमा एक किसिमको नकारात्मक वातावरण सिर्जना हुने र त्यसकै आधारमा सामाजिक व्यवहार पनि देखिने हामीले देख्दै आइरहेका छौं ।

सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीहरू हेर्नै नसकिने खालका हिंसात्मक, यौनजन्य तथा कोमल हृदयलाई धेरै लामो समयसम्म गहिरो मानसिक प्रभाव पार्नेसम्मका हुन्छन । कुनैपनि आधिकारिक स्रोत नभएका, उद्देश्य बिनाका फगत समयको बर्बाद गर्ने र कुनै ज्ञानै दिन नसक्ने खालका सामग्रीहरू धेरै नै पाउन सकिन्छ ।

इजरायलको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूले भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

साइब्राको प्रतिवेदन अनुसार आन्दोलनको अवधि (सेप्टेम्बर ६ देखि ९) मा सामाजिक सञ्जाल एक्समा विश्लेषण गरिएका कुल प्रोफाइलहरूमध्ये १,२८८ वटा अर्थात् ३४ प्रतिशत नक्कली वा शंकास्पद एकाउन्टहरू फेला परेका थिए ।

कानुनी कुरा र संरचनागत सुधारः
हाल नेपालमा सम्पूर्ण प्रेस र सामाजिक सञ्जालको नियमनको लागि प्रेस काउन्सिल ऐन २०४८ र प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली २०४९ कार्यान्वयनमा छन् तर यी दुवै कानुनले पनि प्रेसर सामाजिक सञ्जाललाई पूर्ण रूपमा नियमन गर्न सकेका छैनन् ।

उल्लिखित कानुनहरूलाई प्रतिस्थापन गर्नको लागि २०७५ सालमा नयाँ प्रेस काउन्सिल ऐनको मस्यौदा तयार गरिएको थियो तर संसदबाट त्यो कानुन पनि पास हुन सकेन ।

माथि उल्लेख गरिएका हाल कार्यान्वयनमा रहेका वा अब बन्ने प्रेस र सञ्जालसँग सम्बन्धित कानुनहरूमा सामाजिक सञ्जालको दर्ता र आचारसंहिता साथै युट्युबर फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा बनाइने विभिन्न नामका पेजहरूको आधिकारिकता, आचारसंहिता र यिनीहरूले प्रसारण र प्रकाशन गर्ने सूचना र अडियो भिडियो सामग्रीहरू तथा सामग्रीहरूको स्रोतको आधिकारिकता र जाँचबुझ समेत जस्ता कुरालाई मध्यनजर गर्दै कानून निर्माण गर्न सकियो भने हाल सामाजिक सञ्जालमा रहिआएको विकृति विसंगतिलाई ९० प्रतिशत कम गर्न सकिन्छ । हाल नेपालमा मिडिया ट्रायल पनि खुब चर्चामा रहेको छ । मिडिया ट्रायल भनेको अदालतको सट्टा मिडियाले नै कसैलाई दोषी/निर्दोष ठहराउने अभ्यास हो ।

कुनै एक व्यक्तिले एकभन्दा धेरै सामाजिक सञ्जालका नक्कली आइडी/प्रयोगकर्ताहरू बनाई कुनै एउटा सत्य वा असत्य घटनालाई ती बनाइएका धेरैवटा आइडीहरूबाट कि त असत्यलाई सत्य हो भनेर या त सत्यलाई असत्य हो भनेर प्रमाणित गर्न ती फेक आइडीहरूको प्रयोग गरी लाइक, कमेन्ट र सेयर गरी धेरैजनाको ध्यान आकर्षण गरी प्रभाव पार्न सफल हुने हुन्छ ।

यस्तो अवस्थाले वास्तविक सत्य र तथ्यलाई बङ्गाउने साथै भिडतन्त्रको जयजयकार गर्ने परम्पराको विकास हुनेछ । यसले निश्चित रूपमै मिडिया र सामाजिक सञ्जाल माथि निकट भविष्यमै धावा बोल्ने देखिन्छ । त्यसैले यसलाई पनि संस्थागत संरचनाको निर्माण गरी समयमा नै नियमन गर्नुपर्ने देखिन्छ ।

जिम्मेवार प्रयोगः
एकजना मानिसको जिम्मेवार सामाजिक सञ्जालको प्रयोगले मात्र संसारभरिको सामाजिक सञ्जालको जिम्मेवार प्रयोग हुन सक्दैन तर सबैजनाले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्यौ भने यो पक्कै पनि सम्भव हुनेछ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले मुख्यरूपमा कुन सञ्जाल प्रयोग गर्दैछु ? कुन कन्टेन्ट, समाचार विचार वा अडियो सुन्दैछु र हेर्दैछु ? जस्ता कुरामा सजग हुनुपर्दछ किनभने सञ्जालमा पाइने सबै सामग्रीहरू आधिकारिक स्रोतबाट आएका हुँदैनन् ।

कुनै कुनै त फगत समयको नाश मात्र गर्ने खालका सामग्रीहरू प्रशस्तै पाइन्छन् । यस्ता खालका सामग्रीहरूबाट टाढै रहने, आफूलाई कुन चिज आवश्यक परेको हो त्यो कुरामा बढी फोकस हुने, आफूले कति समय सामाजिक सञ्जालको प्रयोग गर्ने ? कुन कुन सामाजिक सञ्जाल प्रयोग गर्ने ? भन्ने कुराको निक्र्यौल गर्नु मुख्य कुरा हो ।

अहिलेको अवस्थालाई नजिकबाट नियाल्दा सामाजिक सञ्जालले आफूलाई हैन आफूले सामाजिक सञ्जाललाई चलाउने गरी माइन्डसेट तयार गर्नु आवश्यक देखिन्छ । कुनै सरकारी स्रोतबाट प्राप्त हुने डेटा, सूचना र आधिकारिकताको लागि सामाजिक सञ्जालको प्रयोग नगरी आधिकारिक वेबसाइटहरूको प्रयोग गर्नु उत्तम हुन्छ ।

यसले समयको पनि बचत हुन्छ । सामाजिक सञ्जालमा आउने कन्टेन्टहरू एल्गोरिदममा आधारित हुन्छन् । तपाईंले जस्तो खालका कन्टेन्टहरू हेर्दै जानुहुन्छ, जस्ता खालका विज्ञापनहरू हेर्दै जानुहुन्छ त्यस्तै खालका कन्टेन्टहरू तपाईंको स्क्रिनमा आई नै रहन्छन् ।

त्यसैले तपाईलाई आवश्यक पर्ने मात्र कन्टेनहरूलाई आवश्यक मात्रामा हेर्नु र सुन्नु भयो भने तपाईंलाई नै आवश्यक पर्ने खालका कन्टेन्टहरू तपाईंको सामाजिक सञ्जालमा आउनेछन् । सामाजिक सञ्जालमा पोस्ट भएका सबै कुराहरू सत्य हुँदैनन् ।

त्यसैले तपाईँले सेयर, कपी पोस्ट र लाइक गर्नुभन्दा अगाडि सोचेर गर्नु उत्तम हुन्छ । कतिपय मानिसहरू सामाजिक सञ्जालमा अरूलाई भ्रम छर्नकै लागि सक्रिय भएका हुन्छन् । यस्ता प्रयोगकर्ताहरूले आधिकारिक तस्बिर नराख्ने, धेरै कुराहरू लुकाएका वा हेर्न नमिल्ने बनाएका हुन्छन् ।

साथै यस्ता प्रयोगकर्ताहरू नक्कली हुने सम्भावना निकै धेरै हुन्छ । यी र यस्ता प्रयोगकर्ताहरूबाट सचेत रहनु जरुरी हुन्छ । आजकालको समयमा सामान्य घर गृहणीको कामदेखि ठूलो ठूलो अफिसको कामसम्म कम्प्युटर मोबाइलबाटै हुने गरेको छ ।

यी सबै कामहरू गर्दा पनि कुनै न कुनै सामाजिक सञ्जालको प्रयोग हुने गर्दछ । त्यसैलेपनि सबैजना मानिसहरू आजकाल वास्तविक संसार भन्दा डिजिटल संसारमा बढी रमाउने गरेका छन् । तपाईँ हामी आफैले विचार ग¥यौ भने २४ घण्टामा करिब ८÷१० घण्टा नियमित रूपमा हामी मोबाइल वा ल्यापटपको सम्पर्कमै हुन्छौं ।

यो कुरालाई कम गर्नको लागि आजकाल नयाँ एउटा धारणाको विकास भएको छ र त्यो हो डिजिटल फास्टिङ वा मोबाइल फास्टिङ । हप्तामा कुनै बार कुनै भगवानको व्रत बसे जस्तै हप्तामा कुनै बार एक दिन मोबाइल फास्टिङ/ डिजिटल फास्टिङ गर्न सके पक्कै पनि त्यो स्वास्थ्यका अनेक दृष्टिले राम्रो हुनेछ ।

हामीले आफ्नो महत्वपूर्ण समय वास्तविक संसारमा डुल्न, घुम्न र आफ्ना घरपरिवारका सदस्यहरूसँग समय बिताउन पाउनेछौं । जसले हामीलाई हाम्रो वास्तविक सम्बन्ध धेरै राम्रो बनाउन सहयोग गर्नेछ । हुन त मानिसको स्वभाव नै रमाइलो गर्ने, नयाँ नयाँ कुराहरू खोज्ने र डिजिटल संसारमा रमाउन पाउँदा अरू कुरा सबै बिर्सन खोज्ने खालको हुन्छ ।

यो इच्छा आकांक्षालाई धेरै महत्वकांक्षी नबनाई ठिक्क आवश्यक मात्रामा सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्न सक्यौ भने यसले घाटा होइन फाइदा मात्रै हुनेछ । त्यसैले हल्लाको पछाडि नलागी संयमित भएर सामाजिक सञ्जालको प्रयोग गरी सभ्य समाज निर्माण गरौं ।

शिक्षा अधिकृत, रामग्राम न.पा.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?