ट्रेंडिंग:

>> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा >> यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न   >> सिटिजन्स बैंकले सुरु गर्‍यो “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना

जलवायु परिवर्तनको चपेटामा जेनजी पुस्ता

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

सामान्यतया जेन जी पुस्ताले युवा पुस्ताको प्रतिनिधित्व गर्ने भएपनि यो उमेर समूह नभएर सन् १९९७ देखि २०१२ सम्ममा जन्मिएका पुस्ताहरूको समूह हो । यो पुस्तालाई इन्टरनेट र डिजिटल पुस्ता पनि भनिन्छ ।

यो पुस्ता जन्मँदासाथ इन्टरनेटको तीव्र विस्तार भएकोले जेन जीका पुस्ताले आफ्नो सम्पूर्ण जीवनकाल स्मार्टफोन, सामाजिक सञ्जाल र उच्च गतिको इन्टरनेटको उपलब्धतामा बिताएका छन् । यो पुस्ता अहिलेसम्म सबैभन्दा बढी इन्टरनेट र सामाजिक प्लेटफर्मको प्रयोगकर्ता मात्र हैन संसारमा तीव्र परिवर्तन देखेको पुस्ता समेत हो ।

जेन जी पुस्ताले विस्वभरी थुप्रै राजनैतिक, आर्थिक, प्राविधिक र सामाजिक उतारचढाव प्रत्यक्ष रूपमा देख्न र भोग्न पाएको छ । थुप्रै परिवर्तनको साक्षी बनिरहेको यो पुस्ताले सबैभन्दा बढी महसुस गर्नुपरेको परिवर्तन विस्वब्यापी जलवायु परिवर्तन हो ।

विश्वमा विसौ शताब्दीको शुरुवातदेखि नै जलवायु परिवर्तनका संकेतहरू देखापर्न थालेको भएपनि सन्त १९९० पछि विश्वब्यापी उष्णीकरण र जलवायु परिवर्तनका असरहरू बढी देखिन थालेका छन् । सन् १९७५ देखि नै हरेक दशक ०.२० डिग्री सेल्सियसका दरले विस्वको तापक्रम बढिरहेको बैज्ञानिकहरू बताउँछन् ।

सन् १९९० यताका प्रत्येक दशकहरू अघिल्लो दशकभन्दा ताता रहदै आएका छन् । सन् २०११–२०२० अहिलेसम्मकै तातो दशक भएको थियो भने सन् १९९८ को उच्चतम तापक्रमको रेकर्डलाई तोड्दै सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम भएको वर्ष हुन पुगेको थियो ।

विश्वको औशत तापक्रम उच्चतम भएको अवस्थामा जन्मिएको र ताता वर्षहरूमा हुर्किएको जेन जी पुस्ताले बढ्दै गएको समुन्द्री सतह, हिम गलनको तीव्रताले गर्दा फैलिदै गएका हिमताल र हिमनदीहरू, हिउ पर्न कम हुँदा काला बन्दै गएका हिमालहरू देखिरहेको छ ।

जन्मदै जलवायु जोखिममा रहेको यो पुस्ताले आउँदा दिनहरूमा अझ बढी जलवायु संकट भोग्नुपर्ने निश्चित छ । जेन जी पुस्ताको जनसंख्या नेपालको कूल जनसंख्याको करिब एक तिहाई अर्थात करिब ९२ लाख रहेको छ ।

यी मध्ये पनि एक तिहाई विद्यालय तहमा अध्यय्नरत बालबालिका छन् भने बाकि पारिवारिक, आर्थिक जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । जेन जी उमेर समुहमा पर्ने युवा र त्यो भन्दा माथिल्लो समुहका धेरै वयस्कहरू रोजगारीको लागि विदेश जाने लहर चलेकोले देशका आर्थिक सामाजिक गतिविधिहरूमा जेनजी पुस्ताको सहभागिता बढी हुनुपर्ने बाध्यता छ ।

यहीकारणले पनि जलवायु परिवर्तनको असर नेपाली युवाहरूमा पर्ने गरेको छ । त्यसैपनि अहिले खेतीपातीमा युवा पुस्ताको सहभागिता तीव्र दरमा घटिरहेको छ । सिमित संख्यामा रहेका युवा जनशक्तिले अहिले कृषि काम गरिरहेका छन् र अघिल्लो पुस्तालाई सघाईरहेका छन् ।

जलवायु परिवर्तनको कारण हुने गर्मी, अति वृष्टि, अनावृष्टि, सुख्खा, खडेरी, शितलहर जस्ता विपत्तिको सबैभन्दा बढी असर कृषि क्षेत्रमै पर्ने गरेको छ । यस्ता विपत्तिले गर्दा देशमै कृषि पेशा अपनाएर आर्थिक उपार्जन गरेर जीवन विताउछु भनेर बस्ने युवाहरूले ठूलो नोक्सानी बेहोर्नु परिरहेको छ ।

जलवायु परिवर्तनजन्य विपदको कारण समेत कृषि क्षेत्रमा सम्पल्ग्न भैरहेका युवाहरूले बारम्बार क्षति भोगिरहँदा उनीहरू कृषि पेशालाई सदाको लागि छोड्न बाध्य हुँदैछन् । पशुपालन र जडिबुटी संकलन हिमाली क्षेत्रका युवाहरूको आयआर्जनको मुख्य आधार हुन ।

विश्वब्यापी उष्णीकरणको कारण उच्च पहाडी र हिमाली क्षेत्रमा चरन क्षेत्रहरू खुम्चिदै गएका छन् । घाँसको कमी बढ्दो छ । याक, चौरी, भेडा, च्यांग्रा जस्ता पशुहरूलाई जलवायु परिवर्तन अनुकुलित बनाउनको लागि निरन्तर उच्च क्षेत्रमा रहनुपर्ने अवस्था उत्पन्न भैरहेको छ, जुन मौसमी र सांस्कृतिक रूपमा पनि कठिन कार्य हो ।

पशुपालन गर्दा निरन्तर अनकन्टार ठाउँमा बस्नुपर्ने, परिवारसंग बस्न नपाईने अवस्थामा युवाहरूले पशुपालनमा रुची छोड्दै गएका छन् । विश्वब्यापी तापमान वृद्धिले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा नयाँनयाँ रोग र किराहरूको प्रकोप बढ्दो छ, यसले पनि पशुपालनमा जटिलता थपिरहेको छ ।

तापक्रम वृद्धि, हिमपातमा कमी र हिम गलनमा तीव्रता जस्ता कारण जडिबुटीको उत्पादन घटिरहेको, जडिबुटी संकलनमा समस्या आएको र कतिपय जडिबुटी लोप समेत हुदै गएको महसुस हिमाली क्षेत्रका वासिन्दाहरूले महसुस गरिरहेको बताउछन् ।

पशुपालन र जडिबुटी दुबैमा समस्या उत्पन्न भएमा अहिले हिमाली क्षेत्रमा बसिरहेका युवाहरू समेत अब लामो समयसम्म त्यस क्षेत्रमा नबस्ने अनुमान सहजै गर्न सकिन्छ । नेपालमा युवाहरू धेरै संलग्न भएको र भविस्यमा धेरै युवालाई रोजगार दिन सक्ने क्षेत्र पर्यटन क्षेत्र हो ।

हिजोका दिनमा भरिया, पथ प्रदर्शक, कुक, वेटर भएर पर्यटन उद्योगमा युवा संलग्न रहेकोमा अहिले पर्यटन उद्योगका सबै अंगहरू लगभग युवाहरूकै हातमा पुगेका छन् । पर्यटन सम्बन्धि औपचारिक शिक्षा लिएर यो व्यवसायमा लागिरहेका र लाग्न चाहने युवाहरूको संख्या निरन्तर बढिरहेको छ ।

देशका कुनाकाप्चामा पर्यटनका सम्भावनाहरू खोज्दै युवाहरू पुगिरहेका छन् र पर्यटनमा ठुलो लगानी समेत गरिरहेका छन् । नेपालमा पर्यटन व्यवसाय फस्टाउदै गएको भएपनि पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका असरहरू बढी देखिएका छन् ।

हिमालमा हिमपातमा कमि तथा हिमगलनमा तीव्रताले गर्दा हिमालहरू नाङ्गा देखिन थालेका छन् । यो अवस्था रहिरहेमा हिमालले पर्यटकहरू तान्न सक्ने क्षमता गुमाउनेछ र यसबाट समग्र पर्यटन क्षेत्रले ठुलो क्षति बेहोर्नुपर्नेछ । नेपालमा जलवायु परिवर्तनजन्य विपदको संख्या र फैलावट बढिरहेको छ ।

बाढी पहिरो जस्ता विपदले गर्दा पर्यटन पूर्वाधारमा गरिएको लगानीमा वर्षेनी ठुलो क्षति पुगेको देखिन्छ । खोला नदीको किनारा, भीरपाखामा होटेल, रिसोर्ट संचालन गरेर एडभेन्चर पर्यटन संचालन गर्नेहरूमा युवा पुस्ता नै अघि छ र प्राकृतिक विपदले यिनै ठाउँका संरचनामा छिटो क्षति पु¥याउने भएकोले युवाहरूको लगानी सधै असुरक्षित रहिरहने देखिन्छ ।

नेपालको खाद्य सुरक्षामा जलवायु परिवर्तनका असरहरू देखिन थालिसका छन् । कृषि उत्पादनमा कमिको कारण बढ्दो उमेरका युबा लगायत सम्पूर्ण जनसंख्याको खाद्यान्न अभावको अवस्थामा गुज्रिरहनुपरेको छ । वर्षेनी विदेशबाट आयात गरिने खाद्यान्नको परिमाण बढिरहेको छ ।

जलवायु परिवर्तनको कारण नयाँनयाँ रोग र किराहरूको प्रकोप बढ्दो छ । खासगरी अध्ययन र कामको लागि घर बाहिरको खुला वातावरणमा लामो समय रहने युवाहरू अत्यधिक गर्मि र जाडो, रोग तथा किराको प्रकोपबाट बढी प्रभावित हुने अवस्था तयार भैरहेको छ ।

पछिल्लो समयमा पानी संकट पनि बढ्दै गएको छ । शहरी क्षेत्रमा बसोबास गरिरहेका जेनजीहरूले आवस्यक मात्रामा पानीको उपयोग गर्न नपाएको लामो समय भैसकेको छ । ग्रामिण क्षेत्रमा समेत सुख्खापनमा वृद्धि, पानि पर्ने प्रक्रियामा अनियमितता, पानीका मुलहरू घट्ने जस्ता कारणले पानीको अभाव बढिरहेको छ ।

जमिनमा सुख्खापन वृद्धि र विस्वब्यापी तापमान वृद्धिको असर वनजंगलमा देखिएको छ । पछिल्ला वर्षहरूमा डढेलोका घटनाहरू निकै बढेका छन् । डढेलोले गर्ने वायु प्रदुषणको असर सबै मानिसहरूलाई पर्ने भएपनि यसको दिर्घकालिन असर अहिलेको युवा पुस्तालाई नै पर्नेछ ।

डढेलो लागिसकेपछी निभाउन अग्रसर हुनेहरू १५–३० वर्ष उमेरका युवाहरू नै हुन्छन् । यहि कारणले गर्दा डढेलो निभाउन जाँदा ज्यान गुमाउने जोखिममा पनि यिनिहरूनै हुन्छन् । बारम्बार दोहोरिने डढेलोले वनमा निर्भर रहने युवाहरूलाई घास, दाउरा, संकलन गर्न कठिन हुन्छ ।

जसले गर्दा वनसँग युवा पुस्ताको सम्बन्ध क्रमश टाढिदै जान्छ । सामुदायिक वन समुहका कार्यसमितिमा जेनजी पुस्ताको सहभागिता कम भएपनि अबको वन प्रशासन हाक्ने जिम्मा यहि पुस्ताको काँधमा आउनेछ ।

त्यो अवस्थामा जलवायु परिवर्तनका मुद्धाहरू सम्बोधन गर्दै डढेलो नियन्त्रण, मिचाहा प्रजातिको वनस्पति नियन्त्रण, चरण क्षेत्रको संरक्षण, लोपोन्मुख वनस्पतिको संरक्षण, जलाधार संरक्षण जस्ता कामहरू गर्न निकै सकस हुने देखिन्छ ।

अहिले जेनजी पुस्ता राजनैतिक र शासकीय बेथितिको विरुद्धमा संघर्ष गरिरहेको छ । यो लडाई आन्तरिक एकता र नागरिक सहकार्यले अवस्यपनि जित्न सकिनेछ । तर, जन्मदै जलवायु परिवर्तनको दुस्चक्रमा परेको यो पुस्तालाई जलवायु परिवर्तन विरुद्धको लडाई लड्न भने त्यति सहज हुनेछैन ।

जलवायु परिवर्तन ल्याउनुमा नेपालको भूमिका नगन्य भएपनि बढी जोखिममा नेपाल छ । त्यसैले जलवायु परिवर्तन विरुद्धको लडाई अन्तर्राष्ट्रिय रूपमा लड्नुपर्ने हुन्छ र यसको लागि युवा पुस्ता तयार हुनुपर्छ । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि देशमा धेरै कार्यक्रमहरू संचालन भएपनि त्यसमा युवा पुस्ताको सहभागिता कम छ ।

युवाहरूले नीतिगत सुधारको लागि आवाज उठाएर भएपनि यस्ता कार्यक्रममा सहभागिता सुनिश्चित गर्नुपर्छ । शासकीय बेथिति विरुद्धमा जसरी युवा पुस्ताहरू संघर्ष गरिरहेका छन्, यस्तो एकता वातावरण संरक्षण, प्राकृतिक श्रोत व्यवस्थापन र जलवायु परिवर्तन विरुद्धको लडाईमा पनि देखाउने हो भने जेनजी पुस्ताको मात्र नभएर सम्पूर्ण पुस्ताको भविष्य सुखद बन्न सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?