ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमै रहनुहोस् >> सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो >> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण

बाणगंगामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

जितपुर, २१ असार ।

बाणगंगा नगरपालिका–८ मा ‘मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापन’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा बाणगंगा साहित्यिक प्रतिष्ठानको समन्वयमा आयोजित कार्यक्रम शनिबार मालिका मन्दिरको सभाहलमा गरिएको हो । प्रतियोगितामा बाणगंगा नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव र वन्यजन्तुबिच बढ्दो द्वन्द्वका कारण, समाधान र सहअस्तित्वका उपायहरूबारे प्रभावशाली अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

वक्ताहरूले जङ्गल मिचाइ, मानव लापरबाही, खाद्य सङ्कट, र तीव्र सहरीकरणलाई द्वन्द्वका मुख्य कारणका रूपमा औँल्याउँदै समुदाय स्तरमै जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा जोड दिएका थिए । प्रतियोगितामा बाणगंगा माध्यमिक विद्यालयकी प्रतीक्षा भण्डारी प्रथम भएकी छन्। उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । होराइजन स्कुलकी परिसा गौतम दोस्रो भइन् भने तेस्रो स्थानमा त्यही विद्यालयका आशिष परियार रहे। उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाए ।

त्यस्तै, ज्ञानपुञ्जका मिसन आचार्य र कपिलवस्तु विद्या मन्दिरकी श्रद्धा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जि.सी.ले वातावरण संरक्षण र जैविक विविधता जोगाउन सामूहिक पहल आवश्यक रहेको बताए ।

उनले विद्यार्थीहरूमा यस्ता विषयप्रतिको चासो उत्साहजनक हुन आवश्यक रहेको बताए ।  उनले भने, “यसले भविष्यमा सचेत र उत्तरदायी नागरिक तयार पार्न सघाउँछ ।”विशिष्ट अतिथिका रूपमा बोल्दै बाणगंगा–८ का कार्यवाहक अध्यक्ष शैलेन्द्र बेल्बासेले वातावरणीय द्वन्द्व न्यूनीकरणमा समुदाय र विद्यालयको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्यसै गरी, मोतिपुर डिभिजन वन कार्यालयका प्रमुख एजाज आलमले वन्यजन्तु संरक्षणका लागि वैज्ञानिक उपायहरू अपनाउनुका साथै स्थानीय तहसँग सहकार्य गरी दीगो समाधान खोज्नुपर्ने बताए । “वन्यजन्तुलाई दोष दिने होइन, उनीहरूको बसोबास सुरक्षित गर्न हामीले पनि जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीले मानव र वन्यजन्तुबिचको सम्बन्ध बिग्रँदै जानु चिन्ताको विषय भएको बताए । उनले भने, “वन हाम्रो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको सम्पत्ति हो । यसको संरक्षण सबैको साझा कर्तव्य हो। विद्यार्थीहरूलाई यस्ता कार्यक्रममार्फत सचेत तुल्याउनु दीर्घकालीन दृष्टिले उपयोगी हुन्छ ।”
कार्यक्रम बाणगंगा साहित्यिक प्रतिष्ठानका सचिव हुमनाथ पौडेलले सञ्चालन गरेका थिए ।

निर्णायक मण्डलका अनुसार सहभागी वक्ताहरूको प्रस्तुति, भाषिक सशक्तता र विषयप्रतिको बुझाइ प्रशंसनीय रहेको थियो । आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे सोच्न उत्प्रेरित गर्नु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?