© २०२३
काठमाडौं ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो।
यससँगै राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ। अब यो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता पठाइएको छ।