ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छायोः महामन्त्री थापा

२९ फाल्गुन २०८१, बिहीबार
२९ फाल्गुन २०८१, बिहीबार

सुनवल, २९ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताएका छन् । बुधवार पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले जनतामा छाएको निराशाको छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए । नेताहरू भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउँदै उनले सबै काण्डहरूको निष्पक्ष छानविन हुनुपर्ने बताए । सरकारका नियामक निकायहरूको अनुसन्धानलाई विश्वास नगर्ने हो भने संसदिय समिति वा अन्य न्यायिक आयोग मार्फत ठूला काण्डहरूको छानविन गरी नेताहरूमा शुद्धिकरणको अभियान सञ्चलान गर्नुपर्नेमा जोड दिए ।  भ्रष्ट्राचार भएको छ तर कारबाही हुँदैन् भन्ने जनतामा परेको बताउँदै थापाले निष्पक्ष छानविन गरेर कुनै पनि हालतमा कारवाहीको दायरमा ल्याउन सके मात्रै नेपाली समाजमा आशाको सञ्चार गर्न सकिने धारणा थापाले व्यक्त गरे ।

विकास निर्माणका काम समेत समयमै पुरा नहुँदा झनै निराशा बढेको बताउँदै महामन्त्री थापाले विकास निर्माणका आयोजना समयमै नसकिनुको कारण सरकारले पहिल्याउनुपर्ने बताए । रोजगारीको अवसर सृजना गरेर जिविकोपार्जनमा समस्या नहुने गरी समान रोजगारीका अवसर सृजना गरेर विशेषगरी युवा पुस्तामा छाएको निराशा हटाउनुपर्नेमा थापाको जोड छ । काग्रेसले अहिले देशमा छाएको निराशा हटाउने वातावरण सृजना गर्नुपर्नेमा पूर्वमन्त्री समेत रहेका थापाको जोड थियो ।सो क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले साेंच बदल्नुपर्नेमा जोड दिँदै धेरै नकारात्मकताले मुलुकलाई हानि गर्ने बताए । भ्रष्टाचारको आरोप लागेका नेतालाई मंन्चमा राखेर काग्रेसको शुद्धिकरण नहुने बताउँदै कण्डेलले पार्टीमा अराजकता फैलाउनेलाई दण्ड दिनुपर्ने बताए ।

पार्टीका जिम्मेवार व्यक्ति बाटै भईरहेका आराजक क्रियाकलापलाई नियन्त्रण नगर्ने हो भने पार्टी बलियो नबने कण्डेलको भनाइ थियो । केन्द्रीय सदस्य सरस्वती अर्यालले नवलपरासीमा कांग्रेस भित्र देखिएको गुटबन्धिको खेलको गन्ध बाहिरसम्म पुग्ने गरेको बताउँदै पार्टी एक बनाउने तर्फ ध्यान दिनुपर्ने बताईन् । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीलाई एक ढिक्का बनाएर जनतामा छाएको निराशा तोड्नुपर्नेमा जोड दिए । अहिले भ्रष्ट्राचार नियन्त्रण गरी ठूला विकास निर्माणका आयोजनाका काम समयमै सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको खनालको भनाइ छ । सो क्रममा कांग्रेस नेताहरू निमा गिरी, विक्रम यादव, भिम बहादुर थापा, वैजनाथ कलवार, उमेशचन्द्र यादव, कृष्ण नारायण श्रेष्ठ, दिपक भुषाल लगायतले बोलेको कृपा कौशल चौधरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?