ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

सम्झना राष्ट्रगुरु योगी नरहरिनाथको

१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

गुरु शब्दले पौरस्त्य जगत्को क्षेत्रमा उच्च स्थान पाएको छ । यसरी उच्च स्थान पाएको गुरु शब्दको अर्थ हुन्छ– अविद्याको नाश गरेर ज्ञान दिने व्यक्ति । हुन त अङ्ग्रेजीको टिचर शब्दलाई यसको पर्यायवाचीका रूपमा हेर्ने गरिन्छ तर टिचरले गुरु शब्दको पूर्ण अर्थ गर्न सक्दैन । गुरुको गुरुत्वका बारेमा हाम्रा शास्त्रहरूले ठूलो महŒव बताएका छन् । विद्याकी अधिष्ठात्रीका रूपमा माता सरस्वती मानिए जस्तै विद्याका गुरु चाहिँ भगवान् शिवलाई मानिएको छ । त्यस्तै शङ्कराचार्य परम्परामा आद्यगुरुका रूपमा भगवान् नारायणलाई पुजिएको छ । त्यसैले पनि गुरुको गुरुत्त्व अत्यन्तै माथि रहेको छ । यसै सिलसिलामा हामी नेपालीहरूको विशेष सम्बन्ध गुरु गोरक्षनाथसँग रहेको छ । नेपाली रैथाने भाषामा गोरखनाथ भनिएतापनि गाईको रक्षा गर्ने गोरक्षनाथकै कृपाले नै गोरक्षार्थ प्राचीन गोपालहरूका समयदेखि नै अस्तित्वमा रहेको तर पछि सङ्कुचित हुन पुगेको गोरखा राज्यको पुनर्निर्माण हुँदै पुनः नेपाल राष्ट्रको विकास भएको हो भन्ने मान्यता रहिआएको छ । यिनै गोरक्षनाथको गुरुशिष्य परम्पराबाट दीक्षित योगी नरहरिनाथ नेपालकै साझागुरुका रूपमा राष्ट्रगुरु हुन पुग्नुभएको हो । यसरी उहाँ नेपाल राष्ट्रमा बस्ने सम्पूर्ण जातजाति एवम् धर्मावलम्बीहरूकै साझा राष्ट्रगुरु कसरी हुनुभयो र नेपाल राष्ट्रका सम्बन्धमा उहाँको कस्तो किसिमको योगदान रहेको छ भन्ने प्रश्न उहाँका बारेमा नजानेकाहरूले उठाउनु स्वाभाविकै हुन जान्छ । त्यसैले पनि यसकावारेमा केही भन्नु यस लेखको मुख्य प्रयोजन हुन गएको छ ।
वि.सं.१९७१ फाल्गुन १७ गतेका दिन कालिकोटको लालुगाउँमा आमा गौरादेवी र बुबा ललितसिंह ऋक्सेन थापाको माइलो छोराका रूपमा जन्मिएका बलवीरसिंह ऋक्सेन थापा २० वर्षकै उमेरमा योगी बन्नुभएको हो । जुम्ला जिल्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीबाट नाथ परम्परा अनुसार दीक्षित भएपछि उहाँ योगी नरहरिनाथ बन्न पुग्नुभएको हो । नेपाल तथा भारतका विभिन्न गुरुकुलहरूबाट वेद, व्याकरण आदि विषयहरूको गहिरो अध्ययन गर्नुभएका उहाँ पशुपतिनाथको पारिपट्टी मृगस्थलीमा रहेको गोरक्षपीठका पीठाधीश एवम् धर्मरक्षार्थ स्थापित बृहद् आध्यात्मिक परिषद्का अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले नेपाल आमाकाप्रति गर्नुभएको अनगिन्ती सेवा त यी दुई चारओटा शब्दका माध्यमले के पो गर्न सकिन्थ्यो र ? तर पनि मेरो सामथ्र्यले भ्याएसम्म र सम्झेसम्मका उहाँका योगदानका विषयलाई निम्नलिखित बुँदाहरूका माध्यमले केही स्पष्ट पार्ने जमर्को गरेको छु ।

१. वैदिक साम्यवाद दर्शनका द्रष्टा
राणा शासन एवम् राजाको सक्रियकालमा पनि जनताका दुःखहरू शासकवर्गद्वारा सम्बोधित भएका थिएनन् । त्यसैले ती कुराहरूलाई लिएर जनताहरू जाग्नु त सामान्य नै थियो । तर जनता जगाउने नाममा विभिन्न विदेशीवादहरूका माध्यमले यहाँका धर्म, संस्कार, संस्कृति निमिट्यान्न पार्ने योजना विदेशी संस्थाहरूले बनाए एवम् हाम्रा नेता भनिनेहरू पनि त्यसैका पिछलग्गू हुनपुगे । जर्मनीमा जन्मिएका दार्शनिक कार्लमाक्र्सले उनका देशमा पादरीहरूले गरेका ज्यादतिका विरुद्धमा जागरणका लागि ल्याइएको आर्थिक साम्यवादको नारालाई नेपालमा कम्युनिष्टहरूले माक्र्सवादका रूपमा त काङ्ग्रेसले समाजवादका रूपमा लिएर आएका थिए । त्यो दर्शन पाश्चात्य देशका लागि उपयुक्त नै थियो । पादरीहरूले पाश्चात्य देशमा ज्यादती गरेका कुराहरूलाई यहाँपनि त्यस्तै खालको भाष्य निर्माण गरी यहाँको हाम्रो धर्ममाथि नै हमला गर्ने काममा केही मानिस लागेका थिए । उनीहरूले पाश्चात्य देशमा जस्तै गरी यहाँपनि विकासको बाधक भनेका नै हाम्रा वैदिक सभ्यताहरू पनि हुन् भन्ने खालले जनै र टुप्पी काट्ने काम घुमाएर विस्तारै गर्दै थिए । यस्तो अवस्थामा दार्शनिक योगी नरहरिनाथले यसबाट कालान्तरमा हुने नकारात्मक असरको महसुस गरी यस लोक र परलोकको समेत चिन्तन गरी संसारमा रहेका सबै प्राणीहरूको सुख चाहने वेदोक्त वैदिक साम्यवादको ब्याख्या गरी जनताहरूमा चेतना छर्ने काम गर्नुभएको थियो । उहाँद्वारा लिखित शिखरिणी यात्रा भन्ने पुस्तकमा वैदिक साम्यवाद दर्शनकाबारेमा स्पष्ट व्याख्या गरिएको छ ।

२. नेपाल संस्कृत विश्वविद्यालयका सर्जक
नेपाल पछि परेको असल शिक्षा, दीक्षा नहुनु हो भन्ने राष्ट्रगुरु विदेशी शिक्षाको घोर विरोधी हुनुहुन्थ्यो । भाषा जुनपनि जान्न सकिन्छ तर भाषाका नाममा नेपालीहरूलाई अङ्ग्रेजी परम्पराको गुलामी बनाउनु हुँदैन भन्ने दृढ विचार उहाँमा रहेको थियो । २०२८ सालमा नयाँ शिक्षा लागू हुने वेलामा उहाँले त्यसको ठूलो विरोध गर्नुभएको थियो । हुनपनि २०२८ सालसम्मका पाठ्यक्रममा हामी ऋषिमुनिका सन्तान हौँ भनेर लेखिएकामा त्यसपछि लागूभएका पाठ्यक्रममा हामी बाँदरका सन्तान हौँ भनेर लेखिन थालेको पाइन्छ । त्यसैलेपनि उहाँले २०२८ सालपछिको शिक्षालाई बाँदरे शिक्षाका रूपमा परिभाषित गर्नुभएको थियो । अतः हाम्रै सभ्यताको जननी संस्कृत शिक्षाका माध्यमले देशमा शिक्षा दिनुपर्दछ भन्दै उहाँकै विशेष पहलमा दाङमा २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो । तर, संस्कृत विश्वविद्यालयले राष्ट्रगुरुको सपना अनुसार काम गरेको छ या छैन, त्यहीँ कार्यरत हामीले जान्नुपर्ने कुरो हो । गरेको भए त राम्रै भयो तर नगरेको भए एक सिद्ध योगीले चिम्टा गाडेर स्थापना गरेको विश्वविद्यालयभित्रका पदाधिकारी एवम् हामी सबै कार्यरतहरूको अन्त्येष्टी चाँडै नै नहोला भन्न सकिँदैन ।

३. अन्वेषक, आँशुकवि एवम् इतिहासविद्
योगीजी कुशल अन्वेषक हुनुहुन्थ्यो । उहाँले यहाँ बोलिने भाषा–भेष, जाति–जनजातिका बारेमा विशिष्ट अन्वेषण गर्नुभएको छ । विदेशीहरूले अन्टपन्ट लेखेर हामीलाई सिकाइएकाहरूले अहिले आएर उहाँद्वारा गरिएका अन्वेषणहरूको खोजी गर्ने बेला आएको छ । त्यस्तै इतिहासका कुराहरूलाई पनि उहाँले लिपिबद्ध गरिदिनुभएको छ । ती इतिहास एवम् अन्वेषणका विषयलाई आफुलाई आँशुकविका रूपमापनि चिनाउँदै संस्कृत एवम् नेपाली पद्यका माध्यमले प्रस्तुत गरिदिनु पनि उहाँको अर्को ठूलो विशेषता रहेको छ । देव एवम् मानवको सृष्टिका विषयमा उहाँले यसरी एउटै पद्यका माध्यमले स्पष्ट पारिदिनुभएको छ –
हिमालैमा जन्मे जनकजननीतीशिवशिवा
हिमालैमाझुल्के रविशशिउज्यालो जग भयो ।
यहीँओम् स्वस्तिश्री अ क सकल वर्णावलीभयो
यताबाटै टाडा पर पर गएमानवहरू ।।
त्यस्तै अहिले अबुझहरूले अनावश्यक रूपमा अनर्थ गर्ने हिन्दुका बारेमा पनि यसरी स्पष्ट पारिदिनुभएको छ –
न भालू भ्यागुत्तावनकर न वानर्न त अरू
थिएपूर्खा हाम्रा ऋषि मुनि र द्यौतामनुहरू ।
न हामीआएका भटकि कहिँ बाटै प्रकट यो
हिमालै हो हाम्रो उदयहिमधु हिन्दूहरूको ।।

४. स्पष्टवक्ता एवम् राष्ट्रभक्त
उहाँले आफुलाई लागेको विषय स्पष्टसँग प्रस्तुत गर्नुहुन्थ्यो । चाहे राजा हुन् कि नेता हुन् । उनीहरूका बारेमा सत्य कुरा बोल्न कुनै हिच्किचाहट गर्नुहुन्नथ्यो । विदेशीहरूका इसारामा देश चलाउन खोजेको अवस्थालाई जानी ‘राजा हुनेले अरूलाई छाता ओडाउँदै हिँड्ने होइन कि आफै छाता ओडेर हिँड्नुपर्दछ’। यसो गर्न नसके मार्ग प्रशस्त गरिदिनुपर्दछ’ भनेर राजामाथि प्रश्न उठाउँदा उहाँलाई तात्कालिक राजाको शासनको बेला देश छोडेर पनि केही समय निर्वासित हुनुपरेको थियो । त्यस्तै २०१७ सालअघि त्यस समयमा बनेको सरकारका केही मन्त्रीहरूले गरेको राष्ट्रघाती कामको पनि विरोध गर्दा तात्कालिक समयमा जेलजीवन पनि विताउनु परेको थियो । हाम्रा नेताहरू विदेशीका अन्याय सहन गरी ङिच्च परेर फर्कने गर्दछन् । तर उहाँ भारतको गोरखपुरमा गएरपनि ‘गोरखपुर हमारा है नेपालका है’ भन्नुहुन्थ्यो । त्यस्तै उहाँ एक सच्चा राष्ट्रभक्त नेपाल आमाका सुपुत्र हुनुहुन्थ्यो । त्यसैले पनि उहाँलाई भारत सरकारले ठूला ठूला पद दिएर उतै राख्न खोजेतापनि उहाँ एक छाक खाएर भएपनि देशकै माटोमा विलाउने प्रण गरी नेपाल आउनुभएको थियो । उहाँका भावना उहाँकै कविताद्वारा यसरी प्रकट भएको थियो –
आदर्श हाम्रो ओइलायो भने पूर्खाको सराप
समूलनाश गर्नेछ हामी पर्नेछौँ धराप ।
यो भूमि आमा हिउँचुली दूधदूधका छहरा
पिएर हामी काखमाखेली बसेका पहरा ।
यसैमा जन्म्यौँ यसैमा हुक्र्यौँ यसैमा विलाऊँ
फुटेका भाइ जुटेर सबै फुटेको मिलाऊँ ।

५. वैदिक, बौद्ध, किराँत सबैका गुरु
हामी नेपालमा बस्ने वैदिक, बौद्ध र किराँतहरू नै यहाँका रैथाने धर्मावलम्बीहरू हौँ । बुझ्दै गयो भने यी धर्मावलम्बीहरूमा कुनै भेद नै रहेनछ । पूजाका पद्धति एउटै रहेछन् । मात्रृभाषा र इष्टदेवमा मात्र भेद रहेछ । हिन्दूहरूले मान्ने शिव, बौद्धहरूले मान्ने बुद्ध र किराँतहरूले मान्ने किराँतेश्वर एउटै चिज रहेछन् । त्यसै अनुसार नै नेपालमा मानिँदै आएको थियो । प्रजातन्त्रपछि बौद्धहरूलाई अलग मान्न थालियो भने योगी नरहरिनाथको देहान्तपछि विशेषत नेपाल राष्ट्र गणतन्त्रका रूपमा गईसकेपछि किँरातहरूलाई पनि भिन्न रूपमा मान्न थालिएको छ । योगी नरहरिनाथले आयोजना गर्ने प्रत्येक कोटिहवन महायज्ञमा हिन्दू, बौद्ध एवम् किराँतहरू पनि हवन गर्नका लागि राखिएका हुन्थे । उनीहरूले पनि आ–आफ्ना गायत्रीमन्त्रद्वारा हवन गर्ने गर्दथे । योगी नरहरिनाथमा शिखा सूत्र धारण गरेर ‘नमः स्वस्ति स्वाहा’ या कपाल पुरा खौरेर ‘ॐ मणिपद्मे हुम्’ भन्दै ब्रह्म अथवा शून्य जुनसुकैलाई मानेपनि एउटै कुरा हो भन्ने मान्यता थियो । त्यसैले उहाँले यसरी लेख्नुभएको पनि छ –

नमः स्वस्ति स्वाहा भणतु मणिपद्मे हुमितिवा
प्रकामं खं ब्रह्मप्रजपतु च शून्यं स्थिरधिया ।
शिखासूत्रे धृत्वा मसृणमथ कृत्वानिजशिरो
हिमाले वामाले निवसतु जनो राष्ट्रियतया ।।

६. भविष्यवेत्ता सिद्धयोगी
योगी नरहरिनाथ सामान्यका नचिरेका जोगीमात्र हुनुहुन्नथ्यो । उहाँ त भविष्यको पूरा विचार भएका एक सिद्धयोगी हुनुहुन्थ्यो । राजाले उहाँलाई पक्रनका लागि वारेन्ट जारी गरेका बेला बेलुका काठमाडौँ देखिएका व्यक्ति सवारी साधनको गतिलो व्यवस्था नै नभएका समयमापनि अर्को दिन सबेरै गोरखपुर पुग्नुभएको थियो । त्यस्तै उहाँका लागि जुम्ला र काठमाडौँ पानीपँधेरा जस्ता थिए । यो कुरा उहाँले कहिले पनि प्रकट गर्दै हिँड्नुभएन तर उहाँलाई जानेकाहरूले पूर्ण अनुभव गरे । त्यस्तै उहाँ भविष्य जान्ने भविष्यवेत्ता पनि हुनुहुन्थ्यो । २०५७ ताकाको समयमा काठमाडौँको टुँडिखेलमा भएको धर्मजागरण अभियानमा राजदरबारका वारेमा गरेको भविष्यवाणी मैले पनि सुनेको थिएँ । उहाँले त्यस समयमा राजदरबारमा विदेशी रक्सी खाने गरेकाले त्यस्तै तालमा रम्ने राजसंस्थालाई खबरदारी गर्दै यदि यो काम तत्काल बन्द नगरे नाश अवश्यम्भावी भएको बताउनुभएको थियो । आखिरी त्यत्रो राजसंस्था नै विदेशी रक्सीको भोजका माध्यमले अन्त्य हुनपुग्यो । त्यस्तै उहाँको अर्को भविष्यवाणी शिखरिणी यात्रा भन्ने पुस्तकमा रहेको छ । त्यहाँ उहाँले हिन्दू राष्ट्र नेपालका लागि उच्च पहिचान भएको र यसलाई त्यागे नेपालको अन्त्य हुने र नेपाली जातिको पनि ठूलो ग्रहदशा लाग्ने भविष्यवाणी गर्नुभएको छ । अहिलेको अवस्था देख्दा त्यसो नहोला भन्ने आधार नै छैन ।

अन्त्यमा यी बुँदाहरू बाहेक पनि उहाँ अनगिन्ती विशेषताले युक्त हुनुहुन्थ्यो । संस्कृत विद्यामा त उहाँ पारङ्गत नै हुनुहुन्थ्यो । यसबाहेक नेपालका विभिन्न भाषिका साथै अङ्ग्रेजी र उर्दू पनि उहाँले राम्रैसँग जान्नुहुन्थ्यो । मान–अपमान एवम् सुख–दुःखजन्य परिवर्तन उहाँमा कहिल्यै देखिएन । छुवाछुत र उत्पीडनका काममा अहिले पार्टीहरूले जति गरेका छौँ भन्दछन्, यो भन्दा सयौँ गुना काम त योगी नरहरिनाथले एक्लै गर्नुभएको थियो । जिउँदो हुँदासम्म राजा, नेता एवम् जनता कसैले पनि चिन्न नसकेपनि २०५९ फाल्गुन १४ गते भएको निधनपछि भने उहाँको अभाव नेपालमा झन् टड्कारो रूपमा देख्न थालिएको छ । यस किसिमका राष्ट्रनिधि, राष्ट्रसपुत, राष्ट्रगुरु योगी नरहरिनाथद्वारा लेखिएकामध्येका यी निम्नलिखित कुराहरूको मात्र अङ्गिकार गर्न सकियो भने पनि हामी नेपाली सुखी र समृद्ध बन्न सक्थ्यौँ –
१. समस्त दुव्र्यसन र फेसनको निषेध गरौँ ।
२. प्रत्येक मानव सर्वदा, सर्वथा, सर्वत्र सत्कर्ममा सक्रिय रहौँ ।
३. आफ्नै भेष–भुषा, भाषा, भजन, भोजन, सभ्यता, संस्कृति र धर्ममा अटल रहौँ ।
४. सबै प्रकारका खनिज पदार्थ विकास गर्ने अधिकार प्रत्येक गोर्खाली नागरिकहरूलाई मात्र दिऊँ ।
५. ऊर्वरा धरातलको कुनै भाग कहिल्यै बाँझो नराखौँ ।
६. खोलो पैरो थामौँ र डढेलो बन्द गरौँ ।
७. गाई वस्तुलाई डाले घाँस, आयुर्वेदिक औषधी, वनस्पति जडिबुटी, कन्दमूल, फलफूलको बृद्धि गरौँ र खोलो पैरो थाम्न वरपीपल, समी वैँस आदि वृक्ष रोपण गरौँ ।
८. सबै छहराहरूमा लघुविद्युत् योजनाद्वारा विद्युत् उत्पादन गरी इन्धन आदिको काम चलाऊँ ।
९. कुटीर उद्योग, घरेलु व्यवसाय प्रत्येक गाउँमा चलाऊँ ।
१०. दिनरातलाई तीनभाग गरी एक भाग अर्थात् ८ घण्टा शारीरिक स्वास्थ्य, एक भाग शारीरिक श्रम र एक भाग बौद्धिक श्रमका लागि सदुपयोग गरौँ ।
११. अकर्मण्य एक क्षण पनि नराखौँ ।
१२. पशुपालन बृद्धि गरी इन्धन, मल, गोबरग्याँस आदिको उत्पादन गरौँ ।
१३. विदेशी लिपी, भाषा संस्कृति, सभ्यता र धर्मको शिक्षादीक्षा निषेध गरौँ ।
१४. देशको सबै प्रकारको धन देशभित्रै राखौँ ।
१५. विदेशी व्यापारीहरूलाई देशमा पस्न र बस्न नदिऊँ ।
१६. शुद्ध इतिहास, भूगोल, आदिको पठन–पाठन सबैले गरौँ ।
१७. दिव्योपदेशको मनन गरौँ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?