Butwal Today

शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ)

२० फाल्गुन २०८०, आइतबार
अ+
अ-

बुटवल, २० फागुन ।

लुम्बिनीमा आयोजना हुने लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलनबारे प्रदेशसभाको बैठकमा विपक्षीहरुले विरोध गर्ने संकेत पाएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नजाने भएका छन् ।

शिखर सम्मेलनबारे एमालेका तर्फबाट संसदीय दलका नेता लिला गिरीले संबोधन गरी विरोध गर्ने तयारी गरेका थिए । त्यस्तै अन्य विपक्षी दलहरुले समेत विरोधको तयारी गरेपछि मुख्यमन्त्री चौधरी प्रदेशसभाको बैठकमा नजाने भएका हुन् ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री नजाने भएपछि आफूले संबोधन गर्ने पुर्व निर्धारित कार्यक्रम रोकेको एमाले संसदीय दलका नेता लिला गिरीले न्युज बुटवल टुडेलाई बताए । “मुख्यमन्त्री नै नआएपछि मैले संबोधन गर्ने कुरा भएन, मुख्यमन्त्रीलाई सुनाउन नपाएपछि अरु कसलाई सुनाउने ?”–उनले भने ।

प्रदेशसभाको बैठकमा एमालेबाट आइतबार रामजी प्रसाद घिमिरेले संबोधन गर्दै छन् । मुख्यमन्त्रीको तर्फबाट भने गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बैठकलाई संबोधन गर्दै छन् । लुम्बिनी प्रदेशसभा तेस्रो अधिवेशनको तेस्रो बैठक केहीबेरअघि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?