Butwal Today

लुम्बिनीमा तयार भो प्रदेश निजामती सेवा ऐनको मस्यौदा, अवको प्रदेशसभामा पेश हुने

२२ असार २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २२ असार ।

लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउने तयारी भएको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कर्मचारीको वृत्ति विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले जानकारी दिए ।

बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृत्ति विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए ।

उनले सबैको सुझाव समेटेर ऐन तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?