ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

राप्तीमा कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र सञ्चालन

१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

दाङ, १५ वैशाख

दाङको राप्ती गाउँपालिका –८ सिसहनियामा किसानको सुविधाका लागि कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरिएको छ । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार बिकास मन्त्री इन्द्रजित थारुले किसानले उत्पादन गरेको बस्तुलाई बिक्रीका लागि सहज होस् भनेर कृषि एम्वुलेन्स र कृषि उपच संकलन केन्द्र संचालन गरिएको बताए ।

राप्ती गाउँपालिका र समग्र देउखुरीका किसानले उत्पादन गरेको कृषि वस्तु बजारीकरणमा सहजीकरण गर्नलाई कृषिको क्षेत्रलाई प्राथमिकतामा रहेको बताए । “सिँचाइको व्यबस्था राप्तीमा राम्रो छ, यहाँका किसानलाई सिचाइको लागि प्रगन्ना सिचाइ सुबिधा रहेको छ , उत्पादित बस्तुको बजारीकरणको समस्यालाई समाधान गर्नका लागि काम गरेको हो”– मन्त्री थारुले भने । प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गरेर काम गरेको हो । “आफ्नै उत्पादन बजारीकरण गर्ने नीति ल्याएको छ सोही नीतिका आधारमा किसानलाई प्राथमिकतामा राखेको हो” उनले भने । “स्थानीय उत्पादनलाई बजारमा लैजानु पर्छ, बाहिरी देशबाट आएका बस्तुलाई निरुत्साहीत गर्ने उद्देश्यले कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरेको हो । लुम्बिनी प्रदेश सरकारले राजधानी व्यवस्थित गर्नका लागि जग्गा विकास कार्यक्रममा केही भ्रमहरु सृजना भएको बताए । जमिनको चक्लाबन्दी गर्दा ल्यान्डपुलिङको अवधारणाका साथ अगाडि बढेको बताए । कृषिलाई प्रविधिमैत्री बनाउँदै आत्मनिर्भर बनाउने उद्दे्र्रश्य रहेको उनको धारणा थियो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पालिका भित्रका किसानले तरकारी बिक्रीका लागि लाग्ने दिनभरीको समय बचत हुने बताए । उनले किसानलाई बिषादी रहित तरकारी उत्पादन गर्न अनुरोध गरे । “अर्गानिक तरकारी उत्पादन गरेर वजारमा ल्याउनुहोस् बिक्रीको कुनै समस्या हुने छैन,” कम्तीमा तीन कट्ठा भन्दा बढी जमिनमा तरकारी खेती गर्ने किसानलाई कृषि एम्बुलेन्सको सुविधा दिने पालिकाको कार्यविधि रहेको उनले बताए । राप्तीका प्रत्येक वडामा नमूना खेती गरेर आत्मनिर्भर हुन सबैलाई आग्रह गरे ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर वलीले राजधानी निर्माणसंगै व्यवस्थित वजार र उत्पादित वस्तु व्यवस्थापन गर्न लागिएको बताए । तरकारी सडक पेटीमा होइन निर्धारण गरिएको स्थानमा बिक्री गर्न आग्रह गरे । प्रदेश सरकारको बिशेष अनुदानमा १५ लाख रुपैयाँ र पालिकाको १८ लाख रुपैयाँ अन्य रकम गरेर ३३ लाख रुपैयाँमा भवन र एम्वुलेन्स खरिद गरिएको उनले बताए । स्टल निःशुल्क रहेको छ, शौचालय र अटोपार्किङको न्युनतम शुल्क लिने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।

कृषि उत्पादनका क्षेत्रमा देउखुरी उर्वर भूमि मानिन्छ । यहाँ सिचाइको सुविधा भएकाले बाह्रै महिना खेतीपाती हुने गर्दछ । कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालनमा आएपछि यहाँका किसान् खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?