ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जितपुर, कपिलवस्तु

१६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को प्रमुख आकर्षणका रूपमा रहेको १४औं कपिलवस्तु डान्स आइडलको उपाधि समृद्धि पन्तले जितेकी छिन्।बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा सञ्चालन भएको फाइनल चरणको प्रतिस्पर्धामा समृद्धिले उत्कृष्ट नृत्य प्रस्तुति दिँदै फाइनलमा प्रवेश गरेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पारेर उपाधि हात पार्न सफल भएकी हुन्। उपाधिसँगै उनले चाँदीको टोपीसहित नगद रु. १ लाख ३१ हजार १ सय ३१ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छिन्।

प्रतियोगितामा खुशी थारुले द्वितीय स्थान हासिल गर्दै रु. ८१ हजार १८१, अप्रिता पोख्रेलले तृतीय स्थान प्राप्त गरी रु. ६१ हजार १६१ र गिताञ्जली मगरले सान्त्वना स्थान हासिल गर्दै रु. ३१ हजार १३१ नगद पुरस्कार प्राप्त गरेका छन्। उनीहरू सबैले नगद पुरस्कारसँगै ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक गिफ्ट पनि प्राप्त गरेका छन्।

आयोजकका अनुसार, फाइनलमा पुगेका यी चारै जना प्रतिस्पर्धीले राष्ट्रिय स्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गर्नेछन्, जसले उनीहरूको नृत्य यात्रालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

डान्स आइडल प्रतियोगितामा प्रारम्भिक चरणबाट छनोट हुँदै १५ जना प्रतियोगीहरू अन्तिम चरणसम्म स्टेजमा उत्रिएका थिए। विभिन्न चरणमा निर्णायकहरूको मूल्याङ्कन, दर्शकको उत्साहजनक उपस्थिति र प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

स्थानीय कला, संस्कृति र प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कपिलवस्तु डान्स आइडलले युवाहरूमा नृत्यप्रतिको रुचि बढाउनुका साथै राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै आएको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?