© २०२३
बुटवल, २७ बैशाख । बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बिच फाईनल खेल हुने भएको छ । आईतबार फाईनल खेल हुने संयोजक राजेन्द्र थापाले बताए ।
शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं. ११ ले वडा नं. १० लाई सडेन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं. १२ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं. १७ विजयी भएको थियो । टिममा बाहिर खेलाडी राखेको उजुरीको आधारमा वडा नं.१७ अयोग्य घोषित भई बाहिरिएसंगै वडा नं. १२ फाईनलमा पुगेको संघका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई दिनसम्म छानबिन गरि यो निर्णय लिएको हौ ।’– उनले भने ।
शुक्रबार सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको १२ र ४७ औ मिनेटमा वडा नं. १० का अनुप गुरुङले गोल गरेका थिए । वडा नं. ११ का दर्शन बिकले खेलको ४० औ र अनिल क्षेत्रीले ६२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलियो । खेलमा वडा नंं ११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।