© २०२३
बुटवल, २३ बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १७ विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा मंगलबार भएको क्वाटरफाईनल खेलमा वडा नं. ६ लाई ट्राईबेकरमा ३–२ गोलले पराजित गर्दै वडा नं. १७ अन्तिम चारमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको वडा नं. १७ ले वडा नं. ६ बिचको निक्कै प्रतिस्प्रर्धात्मक खेल निर्धारित समय गोलरहित बराबरी भएको थियो । ट्राईबेकरमा वडा नं. १७ ले जित निकाल्न सफल भयो । खेलमा वडा नं. १७ का बिर बहादुर थारु प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको बुधबार क्वाटरफाईनल खेलमा वडा नं १२ र १४ तथा वडा नं. ३ र ११ का बिचमा हुने संघका अध्यक्ष गणेश बोहराले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।