ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

नगदे बाली बन्यो काफल

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

पाल्पा, २३ वैशाख ।

माथागढी गाउँपालिकाको शिकारकोटकी ६५ वर्षीय वसन्ती दर्लामीले एक महिना सम्म काफल बिक्री गरेर वर्ष दिन सम्म पुग्ने परिवारका लागि अन्नको जोहो गरेको धेरै समय भयो । दर्लामीसँग गाउँका अधिकांश परिवारका लागि आर्थिक गर्जे टार्ने मुख्य माध्यम बनेको छ काफल ।

गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि शिकारकोटको गाउँको मात्र नभई देवगिरका सय भन्दा बढी परिवारका लागि आम्दानीको बलियो माध्यम बनेको छ काफल । वन जंगलदेखि बारीका कान्लामा प्रकृतिक रुपमा उम्रिएका काफल यतिखेर यस क्षेत्रका लागि मुख्य नगदेबाली नै भएको स्थानीय बताउँछन् ।

रत्न मावि देवगिरकी कक्षा १० मा अध्ययन गर्ने सबिता नेपालीले काफल बिक्री गर्न लागेको ५ वर्ष भयो । काफल बिक्रीबाट आएको रकमले नयाँ किताब, वर्ष दिनलाई पुग्ने कापी र विद्यालय पोशाक किन्ने गरेको उनी बताउँछिन् । उनी जस्तै धेरै बालबालिकाहरुको पढाई काफलसंग जोडिएको छ ।

चैतको पहिलो हप्तादेखि बिहान बेलुका नजिकैका काफलका रुखबाट काफल टिप्यो अनि नजिकैको पसलमा लगेर कममा पनि ४०० सम्ममा बिक्री गरेको उनी बताउँछिन् । चैतको पहिलो सातादेखि वैशाखको दोस्रो सातासम्म काफलको मौसम भएका कारण यहाँ सबै मानिस काफल टिप्न व्यस्त हुन्छन् । देवगिर क्षेत्रकाले स्थानीय व्यापारीलाई प्रति माना ८० का दरले बिक्री गर्छन् । माथिल्लो शिकारकोटका २० भन्दा बढी घर परिवारले पहिलो दिन काफल टिपी भोलि बिहानै मिर्मिरेमा नै डोकोमा बोकी हुलै भएर खहरे, सराई, दमकडा बजारका बस्ती बस्तीमा पुगी मौसम अनुसार २०० देखि १०० मा प्रति माना बिक्री गरेको स्थानीय बुधमाया घर्ती बताउँछिन् ।

पहिला पहिला त काफल बेच्न सजिलो थिएन । गाउँमा सबैसँग पैसा हुँदैनथ्यो । काफल र अन्न, गहुँ, मकै, चामलसित कतै बराबरी साट्नका लागि पोखराथोक, चिदीपानी, नायर नमतलेस, मदनपोखरा जस्ता बस्तीमा पुग्नु पथ्र्यो । अहिले आफ्नै टोल, घरबाट गाडीमा बसेर तानसेन–बुटवल जस्ता शहरमा लैजाँदा दैनिक ४ देखि ६ हजार सम्म आफ्नो हात परेको शिकारकोटकी खेममाया सारु बताउँछिन् ।

देवगिरकी स्थानीय गिता बराल गत वर्ष वनको काफल बिक्रीबाट ४० हजार रुपैयाँ हातमा आएको थियो । यस वर्ष कम फलेको कारण कम रुपैया हात परेको उनी बताउँछिन् । गाउँका स्थानीय व्यापारीले नै संकलन गरी बुटवल, तानसेन जस्ता ठूला बजारमा मात्र नभई मुर्गिया, सुनवल बर्दघाटका बजारसम्म दैनिक जसो पढाउन थालेपछि यसको महत्व बढ्दै गएको छ । पहाडका गाउँ गाउँका उत्पादन तराईका चोक चोकसम्म पुग्न थालेपछि यहाँका स्थानीयहरुको काफल आम्दानीको बलियो माध्यम बनेको देवगिरकी स्थानीय देवीसरा काम्यू बताउँछिन् । काफलबाट यहाँका एक घर परिवारले कममा १० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको उनी बताउँछिन् ।

गत वर्ष काफल फल राम्रो नै फल्यो, यहाँका स्थानीयले आम्दानी पनि राम्रो भयो । यहाँका वन जंगलदेखि बारीका कान्ला सम्मका बोट सबै आफै उम्रिएका हुन् । यसरी बिक्री होला भन्ने पहिला थाहा नै भएन । बारीका कान्लामा उम्रिएका काफलका रुख कति त काटेर दाउरा बालियो, अहिलो पछुतो भएको पुराना पुस्ताका बालकृष्ण जिसी बताँउछन् । यहाँ त आफ्नो बारीमा नभएकाहरुले अरुको बारीका काफलको फल अधियामा टिपेर एक वर्षका लागि नुन चिनी चामलको जोहो गरेका उनी बताउँछन् ।

देवगिरका स्थानीय व्यापारी बालकृष्ण न्यौपाने भन्छन्–“विगत १० वर्षदेखि मौसमी फल काफल तराईका बजारमा पठाउँदै आएको छु ।” गतवर्ष काफल बिक्रीबाट गाउँमा २५ लाख रुपैयाँ भित्रिएको पछिल्लो समयमा आफू जस्ता तीन जना व्यापारीले समेत यही पेशा गरेका छन् । आफूले काफल खरिद गर्न लागेपछि विशेष गरी महिलाका लागि आम्दानीको बलियो माध्यम भएको छ । विद्यालयका माथिल्लो कक्षामा अध्यन गर्नेका लागि किताव, कापी, डे«स, जुत्ता रोजेका कपडा किन्नका लागि अभिभावकसँग निर्भरता हुनु परेको छैन । विहान बेलुका काफल टिपेर बिक्रीबाट उनीहरुले आफ्ना आवश्यकता पूरा गरेको बताए । यसवर्ष कम फलेका कारण गाउँको आम्दानी पनि कम भयो । पहिलादेखि नै काफल हने ठाउँ हो यो ।
दैनिक रुपमा २५ हजार रुपैयाँ सम्म काफलको कारोवार भएको र चैतको महिनामा प्रति माना १२५ रुपैयाँमा खरिद गरेको र पछिल्लो समयमा ६० देखि ८० मा खरिद गरेको न्यौपाने बताए ।

स्थानीय सरकारको नाम मात्रको सहयोग

काफल बिक्रीबाट आम्दानी गरेको देखिन्छ । रुखमा चढ्दा जोखिम उत्तिकै छ । काफलको रुख अत्यन्तै कमजोर हुन्छ । काफल टिप्दा हाँगा भाचिए ज्यानैको जोखिम छ । विगतमा कतिले ज्यान पनि गुमाए । काफलको व्यापार व्यवसाय गर्नेलाई स्थानिय सरकारले बिमाको व्यवस्था गरी दिनु पर्ने हाम्रो माग रहेको छ ।

स्थानीय सरकारका प्रतिनिधिले यस क्षेत्रलाई काफलको पकेट क्षेत्र भनेर घोषणा गरेको तीन वर्ष भन्दा बढी भयो । पकेट क्षेत्रको घोषणा गरेको नाममा केही केहीलाई काफल संकलन गर्नको लागि क्यारेट वितरण गरे जस्तो गरेको पकेट क्षेत्रको नाम र भाषणमा मात्र सिमीत हुन पुगेको स्थानीय तुलसा अम्लेखी बताउँछिन् ।

गाउँका हुने खानेहरु माओवादी द्वन्द्वकालमा बजारतिर बसाई सराई गरे । यो क्रम अहिले पनि निरन्तर रुपमा चलेको छ । अब गाउँमा बस्नेहरु निम्न आर्थिक अवश्था भएका मात्र हो । वन्य जन्तुले खेति साघुरिदै गएको छ । गाउँमा बसेकाहरुका लागि स्थानीय सरकारले राहत दिए हामीलाई बस्न पनि सजिलो हुने स्थानिय शमशेर जिसी बताउँछन् ।

गाउँपालिकाका प्रशासकीय प्रमुख अधिकृत रामप्रसाद घिमिरे भने गत वर्षबाट सानो सहयोगको कार्यक्रम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?