ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

पर्यटनबाट नै लुम्बिनीमा समृध्दि

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

बुटवल, १८ बैशाख ।
लुम्बिनी प्रदेशको आर्थिक समृध्दिको मुख्य आधार पर्यटन क्षेत्र भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । मणिमुकुन्द सेन उद्यान समिति, नुवाकोट विकास समितिको आयोजना तथा प्रगतिशिल लेखक संघको संयोजनमा बुटवलमा भएको ‘समृद्घिका लागि पर्यटन’ अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन क्षेत्रबाट नै आर्थिक समृद्धिको सम्भावना रहेको भन्दै योजना आयोगले योजना बनाउदा निज क्षेत्रलाई समेटेर लग्न जरुरी रहेको औल्याए । कार्यक्रममा प्राध्यापक माधव पौडेलले समृद्धिका लागि पर्यटन विषयमा आफनो कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले प्रदेश सरकारबाट पर्यटन सरोकारवालालाई समेटेरमात्र आफनो योजना बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले पर्यटनको खानी भएको यो क्षेत्रको प्रचारलाई जोड दिन जरुरी रहेको बताईन ।
कार्यक्रममा मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा राम बहादुर राउतले पर्यटक के हो भन्ने विषय आफ्नो श्रीलंका भ्रमणको क्रममा बुझ्न सफल रहेको तर्क दिदै पर्यटनमा नीति जरुरी रहेको बताए । आम नागरिकमा कार्यान्वयन हुने निति तयार गरिदा यसबाट लाभान्वित हुन सकिने उनले बताए । नेपालको पर्यटनमा बाधाका रुपमा हाम्रो भाषा, बोली रहेको बताए । सिद्घबाबा क्षेत्रलाई दिने उपनाम मृत्युमार्ग जुन साहसिक मार्ग भन्न सकिने उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल धार्मिक पर्यटनको सम्भावना रहेको लुम्बिनीलाई भजाउन नसकिएको गुनासो गरे । प्रदेश र स्थानिय सरकारबाट भिजनसहितको योजना नबनाई लगानी गर्दा यसले लक्ष्यप्राप्तिमा कठिनाई भएको छ। कनिका छरे जसरी बजेट बिनियोजन गरिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाका अध्यक्ष दिनेश पाण्डेले औपचारिकतामा कार्यक्रम सिमित हुदा विकास पछि परेको दुखेसो गरे । लुम्बिनीमा पर्यटक भित्राउन सकिने सम्भावना रहेपनि त्यसका लागि आवश्यक योजना तयार गर्न नसकेको दाबी गरे। प्याकेज बनाउने, टुर गाईड दिने जस्ता सहायक कामहरुमा पछि पर्दा पर्यटक ब्यवसायीहरु लाभ लिन नसकिरहेको बताए । पर्यटक भित्राएको आधारमा यहाका पर्यटन ब्यवसायीहरुलाई प्रदेश सरकारबाट प्रोत्साहनका कार्यक्रम ल्याउन उनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुईटेलले पर्यटनको कुरा गरिरहदा गन्त्व्य स्थलका रुपमा रहेको उधानको कुरा पछि परिरहेको बताए । उद्यानको महत्व, यसको उपयोगिता र यसबाट पर्यटनको टेवाबारे ल्याउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार डिआर घिमिरेले खानाको विशिष्टीकरण र ब्राण्डङमा ध्यान जान जरुरी रहेको बताए । अहिलेको जमाना अनुसार सामाजिक संजालमा सुचनाहरु दिने गरि प्रचार सामग्रीहरु दिने प्लेटफर्म तयार गर्न नसकेको उनले बताए । हाम्रो संस्कृति हाम्रो सम्पत्ति भएको भन्दै यसको संरक्षण र पर्यटनमा जोड्न जरुरी रहेको छ । ध्यान केन्द्रका रुपमा नेपाललाई चिनाउने गरि अभियान चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नाटाको पुर्वअध्यक्ष सागर अधिकारीले पुर्वाधार विकासमा पछि पर्दा पर्यटन क्षेत्र प्रभावित भएको बताए । सरकारबाट दक्ष जनशक्ति उत्पादनमा लगानी गरेको भएपनि त्यो पलायनको समस्या रहेको उनले बताए । ‘जनशक्ति अभाव छ ।’– उनले भने । तिन तहकै सरकारमा भिजनको अभाव खड्किएको उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष माधव प्रसाद नेपाल, सिद्घार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिह गुरुङले पर्यटनमा प्रचार महत्वपूर्ण हुने भन्दै विशेष गरि आफनो क्षेत्रका पर्यटकिय स्थलको प्रवद्र्धनसंगै गजल, कविता महोत्सव लगायतका रचनात्मक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका सल्लाहकार समुन्द्र जिसि, लेखक तथा प्राध्यापक युवराज कंडेल, नाटाका प्रेस सल्लाहकार नरेश केसी लगायत रुपन्देहीका पर्यटन सरोकारवाला निकायबाट सुझाव संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?