© २०२३
बुटवल, १४ बैशाख ।
‘स्वास्थ्यका लागि दौड’ नारासहित बुटवलमा भएको पाच किलोमिटर दौडको उपाधि बुटवल रामनगरका भुपाल बरामले जितेका छन । कस्टमर ग्रुपको सहयोगमा लायन्स क्लब अफ बुटवल खस्यौलीको मुख्य आयोजना र लियो क्लब अफ खस्यौली सिटीको सहकार्यमा भएको दौडमा उनी प्रथम हुदै नगद ३५ हजार रुपैयाबाट पुरस्कृत भए । यसैगरि बुटवल चौराहाका प्रदिप जे एम दोस्रो तथा रामनगर, बुटवलका दुर्गा राई तृतिय हुदै क्रमश नगद २५ हजार रुपैया र १५ हजार रुपैयाबाट पुरस्कृत भएका छन ।
एक कार्यक्रमको बिच विजेता, उपविजेताहरुलाई कस्टमर ग्रुप, लायन्स क्लब अफ बुटवल खस्यौली र लियो क्लब अफ खस्यौली सिटिका पदाधिकारीहरुलाई पुरस्कार वितरण गरे ।
स्वास्थ्यप्रति सजग बनाउने एउटा अभियानको रुपमा कार्यक्रम गरिएको लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष राजु खत्रीले बताए । निशुल्क दर्ताको ब्यवस्थापन गरिएको प्रतियोगितामा युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको उनले बताए । बुटवल राजमार्ग चौराहदेखि शंकरनगर चोकमा पुगेर दौड समापन भएको थियो ।
वृहत खुला दौडमा करीब डेढ सय जना सहभागी रहेको सहआयोजक लियो क्लब अफ खस्यौली सिटिका अध्यक्ष नारायण पोख्रेलले बताए ।