© २०२३
बुटवल, १२ बैशाख । ‘स्वास्थ्यका लागि दौड’ नारासहित बुटवलमा शनिबार वृहत दौड प्रतियोगिता हुने भएको छ । कस्टमर ग्रुपको सहयोगमा लायन्स क्लब अफ बुटवल खस्यौलीको मुख्य आयोजना र लियो क्लब अफ खस्यौली सिटीको सहकार्यमा बैशाख १३ गते शनिबार बिहान वृहत खुला दौड हुने भएको हो ।
स्वास्थ्यप्रति सहज बनाउने एउटा अभियानको रुपमा कार्यक्रम गर्न लागेको लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष राजु खत्रीले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ३५ हजार रुपैया, दोस्रो हुनेले नगद २५ हजार रुपैया र तृतिय हुनेले १५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । बुटवल राजमार्ग चौराहदेखि बिहान ६ बजे शुरु हुने दौड शंकरनगर चोकमा पुगेर समापन गरिने उनले बताए ।
सहआयोजक लियो क्लब अफ खस्यौली सिटिका अध्यक्ष नारायण पोख्रेलले निशुल्क दर्ताको ब्यवस्थापन गरिएको प्रतियोगितामा करीब २ सय जना सहभागी हुने अनुमान रहेको बताए ।