Butwal Today

आईपीएलमा आज हैदराबाद र मुम्बई भिड्दै

१० बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाण्डौ ।

आजको साँझको आईपिएल मुकाबला निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपाली समय अनुसार बेलुका ७:४५ बजे हैदराबादको घरेलु मैदानमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्।

हालसम्मको प्रदर्शन हेर्दा मुम्बई इन्डियन्स तुलनात्मक रूपमा अगाडि देखिन्छ। मुम्बईले ८ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ भने हैदराबादले ७ खेलबाट मात्र ४ अंक बटुल्दै नवौं स्थानमा सीमित भएको छ।

दुई टोलीबीच अहिलेसम्म भएको २४ खेलमध्ये मुम्बईले १४ पल्ट जित हात पारेको छ, जबकि हैदराबादले १० खेलमा बाजी मारेको छ।