© २०२३
बुटवल, ४ मंसिर
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमाबाट मतदान गरेका छन् । तिलोत्तमा नगरपालिका ८ को ज्योति आधारभूत मावि मतदान स्थलबाट उनले दिउँसो ३ बजे मतदान गरेका हुन् ।
उनी रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभ सदस्यका उम्मेदवार हुन् । मतदानपछि बोल्दै गृहमन्त्री खाँणले अब चुनावपछि बन्ने सरकारले नागरिकको जीवनस्तर फेर्ने विकासको ढोका खोल्ने बताए ।
उनले दीगो शान्ति, स्थायी राजनीति, लोकतन्त्र र विकासका लागि यो निर्वाचन महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । लोकतन्त्रमा शासन प्रक्रियामा कसलाई पठाउने भन्नेमा मतदाता नै निर्णायक हुने भन्दै सरकारले सबै मतदातालाई निर्भयसाथ मतदानमा सहभागी हुने वातावरण मिलाएको बताए । उनलेे अन्य निर्वाचनको तुलनामा यसपटक शान्तिपूर्वक निर्वाचन भएको पनि बताए ।