© २०२३
४ मंसिर, काठमाडौं ।
निर्वाचन आयोगले दिउँसो १२ ः ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।
यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०÷११ बजेपछि मात्र भिड बढेकव छ’ प्रवक्ता पौडेलले भने ।