Butwal Today

देशभर शान्तिपूर्ण मतदानः गृहमन्त्री खाँण

४ मंसिर २०७९, आइतबार
अ+
अ-

भैरहवा, ४ मंसिर ।

गृहमन्त्री बालकृष्ण खांणले देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन शान्तिपूर्ण भएको बताएका छन् ।

रूपन्देही जिल्ला क्षेत्र नं ३ मा रहेका मतदान स्थलहरु अवलोकन गर्दै गृहमन्त्री खांणले भने,“ मतदाताहरु उत्साहका साथ मतदान गर्दै हुनुहुन्छ, देशभरी नै शान्तिपूर्ण रुपमा निर्बाचन प्रारम्भ भएको छ सरकारको प्रत्यत्न पनि निर्बाचन शान्तिपूर्ण होस भन्ने रहेको छ ।