ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

महिलाले धाने दाङका चार मतदान स्थल

३ मंसिर २०७९, शनिबार
३ मंसिर २०७९, शनिबार

दाङ, ३ मंसिर ।

केही महिला सुरक्षाकर्मी डोरी बाध्नलाई खाडल खनिरहेका अरु उनीहरुलाई सहयोग गरिहेका भेटिए शुक्रवार घोराही १८ मा रहेको आधारभूत विद्यालय बेलधारीको विद्यालयमा । मतदात अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिलाको जिम्मा दिइएको मतदान केन्द्र हो यो ।

यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि बेलघारी मतदान केन्द्रमा कर्मचारी देखि सुरक्षाकर्मीसम्म महिलाको जिम्मा दिइएको छ । बेलघारी जस्तै दाङका चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटाइएको छ । मतदान अधिकृत देखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी दिइएको छ ।

घोराही उपमहानगरपालिका १८ मा रहेको आधारभूत बिद्यालय बेलघारीको मतदान केन्द्र (क) र(ख)मतदान केन्द्र महिला कर्मचारीहरु मात्रै रहेका छन् । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताइन् । उनलाई सहयोग गर्न श्रृजना शर्मा, सावित्रादेवी शर्मा, दिपसना बिसी, हेमन्ता थापा, विना शर्मा,बालिका घिमिरे र गोमा मगर रहेका छन् । सो मतदान केन्द्रमा ९५२ मतदाता रहेका छन् । मतदान अधिकृत इन्दु बसेलले महिला मात्रैलाई जिम्मा दिइएको मतदान केन्द्र नमूना बनाउने बताइन् । सो केन्द्रमा प्रहरी सहायक निरक्षक रुपाकुमारी सार्कीको नेतृत्वमा पाँच महिला प्रहरी र आठ म्यादी प्रहरी खटाइएको छ ।

त्यसैगरी सोही विद्यालयको (ख)केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहेकी छन् । उनलाई सहयोग गर्न कमला खड्का, हिरा केसी, अर्चना चौधरी, इन्दिरा बिक, गोमा योगी, तिला बिक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी रहेका छन् । सो मतदान केन्द्रमा ९७३ मतदाता रहेका छन् ।

घोराही उपमहानगरपालिकाको वडा नम्वर १७ मा रहेका प्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत रहेकी छन् । उनलाई सघाउन वसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रीजना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी रहेका छन् । सो मतदान केन्द्रमा ७४८ मतदाता रहेका छन् ।

सोही वडामा रहेको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रमा मोतीकुमारी बिश्वकर्मा मतदान अधिकृत रहेकी छन् । उनलाई सघाउन गुप्ताकुमारी अधिकारी, विश्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी रहेका छन् । सो केन्द्रमा ८१२ जना मतदाता रहेका छन् ।

“गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले हाँकेको मतदान केन्द्र घोराही –१६ सानी अम्वापुर केन्द्रमा कर्मचारी देखि सुरक्षाकर्मीसम्म महिलाले चलाएकाले थियौं सोही अभ्यासलाई निरन्तरता दिन र स्थानीय तहमा सफल भएको कारण पुनः हामीलाई जिम्मा दिइएको छ”–गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोतीकुमारी बिश्वकर्माले भनिन् । स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्ने उनले बताइन् । महिला कर्मचारी मात्रै खटिएको निर्वाचन केन्द्रमा सुरक्षाकर्मी पनि महिलामात्रै भएकाले सजिलो महशुस भएको छ ।

दाङ जिल्लामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचन महिला मात्रैले चलाएको स्थान नमूना भएको थियो । सोही कार्यलाई निरन्तरता दिन महिलामैत्री निर्वाचन केन्द्र बनाएको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले बताए । महिलाहरु हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने उनी बताउँछन्् । “महिलाले मात्रै सञ्चालन गरेको नमूना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुने छ”–उनले भने । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?