ट्रेंडिंग:

>> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ >> स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने >> नेपालगन्जको रोजगार मेलामा बेरोजगारको लाग्यो लर्को >> लेखा समूह रुपन्देहीको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन >> राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण >> राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५१ पुग्यो >> दीर्घकालीन सहकारीद्धारा रक्तदान ५२ युनिट रगत संकलन >> बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान >> २३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार >> राजधानीका केही स्थानमा कर्फ्यु घोषणा >> तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी >> नेपालले महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा लाओससँग खेल्ने >> राजावादीद्वारा व्यक्तिको घर तोडफोड >> संसदको शून्य समयमा किन हासे सांसद हमाल ? >> समाजवादी मोर्चाको जनसभा जारी (फोटोफिचर) >> करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु >> दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता >> म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, चीन र थाइल्यान्डसम्म धक्का >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा अश्रुग्यास प्रहार >> प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित >> दुध उत्पादक किसानहरुलाई चेक हस्तान्तरण >> राजावादी र मोर्चाको प्रदर्शन जारी (फोटोफिचर) >> आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने >> पत्रकार महासंघको स्थापना दिवसमा दाङ शाखामा स्वास्थ्य शिविर

एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

काठमाडौं, १३ चैत ।
एनसेलले यही शनिबार चैत्र १५ बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरूको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो । एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।

शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा आवद्ध रहेको छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।“एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरू र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पु¥याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पु¥याउँदै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?