ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

दाङका मतदान केन्द्रमा खटिए तीन हजार कर्मचारी

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

दाङ, ३० कात्तिक

यही मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई आवश्यक सामग्रीका साथ जनशक्ति खटाईएको छ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक तीन हजार सात सय २६ जना कर्मचारी खटाईको छ ।

दाङको १ सय ५३ वटै मतदान स्थलमा रहेका ४ सय ६५ मतदान केन्द्रमा ३ हजार ७ सय २६ जना निर्वाचन कार्यका लागि बुधबार जनशक्ति खटाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी तथा अपुग भएको स्थानमा शिक्षकहरुलाई पनि समावेश गरी मतदान केन्द्रमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री सहित खटाउने काम भएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

‘मतदानमा खटिने जनशक्तिले नियुक्त लिँदै मतदानका लागि आवश्यक सामग्रीको जिम्मेवारी लिएर यसअघि निर्धारित मतदान केन्द्रहरु प्रस्थान गरेका छन्,उहाँले भन्नुभयो,’ ‘अब मतदान केन्द्रमा पुगेर आवश्यक व्यवस्थापकीय तयारीको काम पनि शुरु हुनेछ ।’

यस पटक जिल्लामा कुल ४ सय ६५ मतदान केन्द्रबाट ४ लाख १९ हजार ९ सय २४ मतदाताले मतदान गर्न पाउने भएका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीलाई नियुक्ती पत्रसँगै मतदान सम्पन्न नहुँदासम्मका लागि आवश्यक पर्ने निर्वाचनसँग सम्बन्धित सबै प्रकारका सामग्री प्रदान गर्दै कार्य क्षेत्रमा खटाइएको उनले बताए ।

‘मतदान केन्द्र निर्माणको लागि खाका अनुसार सीमा निर्धारण गर्नेलगायत अरु आवश्यक व्यवस्थापनको काम अब कर्मचारीले खटाईएका स्थानमा गर्नुहुनेछ, उनले बताए, ’ ‘अब भौतिक रुपमा देखिने गरी निर्वाचनको काम सुरु भएको छ ।’

दाङमा निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार २ सय १६ जना, क्षेत्र नम्बर २ मा १ हजार १ सय ७१ जना र क्षेत्र नम्बर ३ मा १ हजार ३ सय ३९ जना निर्वाचन प्रयोजनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटाईएको छ ।

क्षेत्र नम्बर १ को १ मा ६ सय २४ जना, २ मा ५ सय ९२ जना सुरक्षाकर्मीबाहेक जनशक्ति खटाईएको छ । क्षेत्र नम्बर २ को १ मा ५ सय ४७ जना, २ मा ६ सय २४ जना जनशक्ति परिचालन गरिएको छ भने क्षेत्र नम्बर ३ को १ मा ५ सय ९५ जना र २ मा ५ सय ९५ जना जनशक्ति खटाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्र रहेकोमा १२ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३४ हजार ७ सय २८ मतदाताले मतदान गर्न पाउनेछन् ।

क्षेत्र नम्बर १ को १ मा प्रदेश सभाका लागि २४ मतदान स्थल तोकिएकोमा ७८ मतदान केन्द्र रहेको छ । जहाँ ९ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि ७० हजार २ सय ६७ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएकोमा १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३३ हजार ७ सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

सोही क्षेत्रको प्रदेश सभातर्फ क्षेत्र २ को १ मा २५ मतदान स्थलमा ६८ मतदान केन्द्र तय गरिएको छ । जहाँ ८ जना प्रदेश उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि ६३ हजार ३ सय २२ मतदाताले मतदान गर्न पाउनेछन् । क्षेत्र नम्बर २ को २ मा २३ मतदान स्थलमा ७८ मतदान केन्द्र रहेकोमा १५ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जहाँ ७० हजार ४ सय २६ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्र निर्धारण गरिएको छ । जहाँ १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि १ लाख ४६ हजार ४ सय ७५ मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन् ।

यसैगरी सोही क्षेत्रको प्रदेश तर्फ १ मा २१ वटा मतदान स्थलमा ७४ मतदान केन्द्र रहेको छ । जहाँ ९ जना प्रदेश उम्मेदवार प्रतिष्पर्धामा रहका छन् । जसका लागि ६६ हजार ४ सय ८६ मतदाताले मत प्रकट गर्न पाउनेभएका छन् ।

यस्तै, सोही निर्वाचन क्षेत्रको २ मा ३३ वटा मतदान स्थलमा ९३ वटा मतदान केन्द्र रहेको छ । जहाँ ९ जना प्रदेश उम्मेदवारलाई ७९ हजार ९ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचनको कार्यतालिका अनुसार मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्ने हुँदा सो क्षेत्रमा पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने काम हुने निर्वाचन अधिकृत कार्कीले बताए । उता, सुरक्षाको जिम्मेवारी रहेको निर्वाचन सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना गरी करीव ४ हजार खटाइएको बताए । जिल्लामा रहेका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा संयन्त्र तैनाथ गरिएको बताए ।

उनका अनुसार जिल्लामा रहेको १ सय ५३ मतदान स्थलमध्ये १२ वटा मतदान स्थल अति सम्वेदनशील पहिचान गरिएको छ । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको उनले बताए । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?