© २०२३
बुटवल, ३ चैत । बुटवलमा जारी प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नं ८ र १२ विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा रतनपुरको मुक्तिधाम खेलमैदानमा आईतबार भएको खेलमा वडा नं ८ ले वडा नं. ३ लाई २–१ तथा वडा नं. १२ ले वडा नं. ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
खेलमा वडा नं ८ का बुद्धी थापा तथा वडा नं. १२ का जयदिप बिक म्यान अफ दी म्याचबाट पुरस्कृत भएको क्लबका अध्यक्ष मनिष काफलेले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।
सोमबारदेखी क्वाटरफाईनलका खेलहरु हुनेछन । पहिलो खेलमा वडा नं. २ र वडा नं. १५ तथा दोस्रो खेलमा वडा नं. ११ र वडा नं. १३ का बिचमा खेल हुने छ ।