आज आईतबारदेखि सेमीफाईनलका खेल सुरु हुने भएका छन । सैनामैना गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत पहिलो सेमीफाईनले खेल आयोजक मुर्गिया फुटवल क्लव र अभिषेक चर्च नवलपुर रजहरबीच खेल हुने छ ।
यसअघि शनिबार भएको अन्तिम क्वार्टफाईनल खेलमा कपिलवस्तु सेमीफाईनलमा प्रवेश गरेको थियो । मुर्गिया फुटवल क्लवको आयोजनामा शनिवार मुर्गियामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–० को अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश गरेको हो ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।