© २०२३
पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाहको उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
पारस शाहलाई मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ। यसअघि पनि पारस शाहलाई तीन पटक हृदयाघात भएको थियो। अहिले उनलाई उपचारको प्रक्रिया अघि बढाइएको छ।